Aamsanchar

रेडपाण्डा संरक्षणका लागि ६८ लाख रुपैयाँ खर्च गरिने

Author Image
शनिवार, फागुन १२, २०७४

ताप्लेजुङ।

दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ ।

जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख ४६ हजार ३ सय रुपैँया बजेट छुट्याएको हो । नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ ।

सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । मञ्चले गत वर्ष पनि ४३ लाख ८४ हजार ५० रुपैँया खर्च गरेको थियो ।

यसअन्तर्गत ताप्लेजुङमा रेडपाण्डाको बासस्थान १ हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो । त्यस्तै वातावरण संरक्षण, शिक्षा, बासस्थान पुनर्स्थापना गर्न पोखरी निर्माण, नर्सरी निर्माण, वन डढेलो व्यवस्थापन तालिम तथा उपकरण वितरण, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायतका कार्यक्रम पनि तय गरिएको बताइएको छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर