झापा ।

लिटिल स्टार बोर्डिङ स्कूलले आज सम्मान, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम गरी आफ्नो २६औं वार्षिकोत्सव सम्पन्न गरेको छ।

स्कूलका संस्थापक नवीन श्रेष्ठ र उनकी धर्मपत्नी शान्ता श्रेष्ठलाई विद्यालय परिवारका तर्फबाट सम्मान गरिएको हो । साबिक बुधबारे गाउँविकास समिति वडा नं. ४ हाल बुद्धशान्ति वडा नं. २ मा बसोबास रहेको अवस्थामा श्रेष्ठ दम्पत्तीले २०४९ सालमा सो विद्यालयको स्थापना गरेका थिए । हाल श्रेष्ठ दम्पत्तीले वीरगञ्जमा लर्डबुद्ध मेमोरियल एकाडेमीको स्थापना गरेका छन् ।

बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष मिरा भुर्तेलको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव समारोहमा श्रेष्ठ दम्पत्तीलाई उपाध्यक्ष भूर्तेल र बिद्यालयका प्रीन्सिपल गगां निरौलाले विद्यालयको तर्फबाट तयार गरिएको सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओडाएका थिए।

विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा विद्यालयका पूर्व प्रिन्सिपल सरोज घिमिरे र २०७३ को एसईई परीक्षामा ए प्लस अंक प्राप्त गर्ने विद्यार्थी प्रभात प्रधानलगायतलाई सम्मान गरिएको थियो सो विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको प्रस्तुतिसहित सम्पन्न गरिएको वार्षिकोत्सव समारोलाई बुद्धशान्ति वडा नं. २ का अध्यक्ष दिलिप श्रेष्ठ, आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष नेत्र गौतमलगायतको आतिथ्यता रहेको थियो

