Aamsanchar

स्कार्पियो गाडीभित्र शव भेटियो

Author Image
शनिवार, फागुन १९, २०७४

विराटनगर।

विराटनगर–३ दुर्गाचोकमा एक व्यक्तिको शव गाडीभित्र रहेको अवस्थामा शनिबार फेलापरेको छ ।

घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।गाडीभित्र फेलापरेको शव मोरङ, उर्लाबारीका सनम शाक्यको भएको प्रहरीले जनाएको छ ।

विराटनगर–३ को दुर्गाचोकनजिकै गोधुलीमार्गमा बा१२च ५९६३ नम्बरको स्कार्पियो गाडीभित्र शव फेलापरेको हो ।

घटनामा संलग्न भएको आशंकामा गाडीचालकसहित तीनजना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।-इमेज खबरबाट

Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर