Aamsanchar

त्रिशूलीमा यात्रुबाहक बस खस्यो, खोजीकार्य सुरु

Author Image
शुक्रवार, साउन ११, २०७५

काठमाडौं,

काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ। मुग्लिन पुग्‍न  करिब २५ किमी दूरी बाँकी रहेको  स्थानबाट बस त्रिशूलीमा खसेको हो।

चितवन प्रहरीले त्रिशूलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको जनाएको छ।

प्रहरीले विस्तृत जानकारी आउन केही समय लाग्ने जनाएको छ। मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित कुरिनटार र चुम्लिङटारको बीच सडकबाट त्रिशूली नदी किनारमा बस खसेको हो।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।-थाहाखबरबाट

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)