Aamsanchar

बिर्तामोडमा तिन दिनमा सातवटा खेलकुदका कार्यक्रम हुदै

Author Image
शुक्रवार, साउन ११, २०७५

बिर्तामोड, साउन ११। 
वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त जेसीज सप्ताह आज शुक्रबारबाट बिर्तामोडमा शुरु भएको छ । 
जेसीज सप्ताह–सन् २०१८ को उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर तथा वीरता जेसीजका पूर्व अध्यक्ष ध्रुबकुमार शिवाकोटीले गरेका थिए । वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता रिजाल ढकालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सुष्मा पौडेलले स्वागत र कार्यक्रम संयोजक मिजास पोखरेलले आस्था वाचन गरेका थिए । 
बिर्तामोडस्थित बढी ग्यारेजमा भएको कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, पूर्व मिष्टर नेपाल तथा बडी ग्यारेजका सञ्चालक राम दाहालले शुभकामना मन्तव्य राखेका थिए । 
त्यस्तै कार्यक्रममा जेसीआई मिसन भिजनको वाचन वीरता जेसीजका कोषाध्यक्ष जीवन खड्काले  गरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश जेसीज सप्ताहका मूल संयोजक तथा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराईले गरेकी थिइन् । 
जेसीज सप्ताह अन्तर्गत शुक्रबार नै  बेञ्चप्रेस र स्क्वाट प्रतियोगिता सम्पन्न भएको छ । बिर्तामोडस्थित बढी ग्यारेजमा भएको प्रतियोगिताको संयोजक वीरता जेसीजका दिपेन चौधरी र वीरता लेडी जेसीजकी कामना उप्रेती श्रेष्ठ थिए । 
खुल्ला बेञ्चप्रेस प्रतियोगितामा विभिन्न तौल समूहमा २२ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिता अन्तर्गत ६० केजी तौल समूहमा प्रथम सुमन चौधरी, द्वितीय जनक उप्रेती, तृतीय दिपककुमार खड्का भएका थिए । उनीहरुले क्रमशः ६८, ६५ र ५० केजी तौल उठाएका थिए । 
त्यस्तै, ६५ केजी तौल समूहमा १०० केजी तौल उचालेर चन्द्र लिम्बू प्रथम, ९० केजी तौल उचालेर निरज लागन द्वितीय  र ८० केजी तौल उचालेर सुवास मैनाली तृतीय भएका थिए । त्यस्तै ७० केजी तौल समूहमा प्रथम मनिष मित्तल, द्वितीय प्रितम थापा, तृतीय युवक खान भएका थिए । उनीहरुले क्रमशः ९०, ८० र ७० केजी तौल उठाएका थिए ।  
त्यस्तै, ७० केजी तौलमाथिको समूहमा ११३ केजी तौल उठाएर दिपेश चौधरी प्रथम भए । ११० केजी तौल उचालेर बुद्ध श्रेष्ठ द्वितीय र ८० केजी तौल उचालेर सुवास थिङ तृतीय भएका थिए । उक्त प्रतियोगिताको निर्णायक बढी ग्यारेजका सञ्चालक तथा गोल्ड मेडलिष्ट राम दाहाल रहेका थिए । 
त्यस्तै, खुल्ला स्क्वाट प्रतियोगितामा प्रथम सुवास थिङ (१३० केजी), द्वितीय रोशन नेपाली (१२० केजी), तृतीय दिपेश चौधरी (११० केजी) भएका थिए । प्रतियोगिताको संयोजन बडी ग्यारेजले गरेको थियो । स्क्वाटतर्फ २० जना खेलाडीले सहभागिता जनाएका थिए । 
सोही कार्यक्रममा बिर्तामोडमा पहिलो पटक जिम हाउस भित्र्याएर युवालाई फिटनेश तर्फ आकर्षण गराउने   युवा व्यक्तित्व रामबाबु धिमाललाई सम्मान गरिएको थियो । वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत तथा बढी ग्यारेजका सञ्चालकद्वय राम दाहाल र दिपेन चौधरीले सो सम्मान प्रदान गरेका थिए । 
 प्रतियोगिताका विजेताहरुलाई ट्रफि, मेडल, नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । इप्रका बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राई, जिल्ला खेलकुद विकास समिति झापाका उपाध्यक्ष प्रशान्त भण्डारी, मिस टिन प्रदेश नं. १ कि विजेता रुक्सुम गुरागाईंले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका थिए । 
कार्यक्रममा स्क्वाट प्रतियोगिताका विजेता सुवास थिङलाई मेची मोबाइल हाउसले मोबाइल समेत प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विनोद पाण्डे कमल र वीरता लेडी जेसीजकी महासचिव सरु खनालले गरेका थिए । 
कार्यक्रममा  वीरता जेसीजका पूर्व अध्यक्ष तथा दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल, पूर्व अध्यक्ष तथा अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, पूर्व अध्यक्ष शिवकुमार अग्रवाल, महिला उद्यमीशील संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराई, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका सशस्त्र प्रहरी नायव उपरिक्षक विश्वबन्धु खड्का, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, पूर्वेली क्लवका अध्यक्ष मनोज बुढाथोकी, मिस टिन प्रदेश नं. १ कि फष्ट रनर अप युमिसा घिमिरे, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष उर्मिला खरेल, रजनी बजगाई, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेशरकुमार भद्रपुरे, युवामञ्चका अध्यक्ष दिपक मित्तल, पत्रकार महासंघकी प्रदेश सदस्य रेजिना रोदन, वीरता जेसीजका निवर्तमान अध्यक्ष सञ्जु भारती लगायतको आतिथ्य रहेको थियो । 
जेसीजले सप्ताहलाई खेलकुदमय बनाउने गरी कार्यक्रम तय गरेको छ । मानिसको जीवन स्वस्थ भयो भने मात्र  समाजमा सही नेतृत्व प्रदान गर्न सकिन्छ अनि स्वास्थ्यको लागि खेलकुद र शारीरिक सुगठन जरुरी छ भन्ने सकारात्मक सन्देश प्रवाहका लागि कार्यक्रम तय गरिएको बताइएको छ । 
जेसीजले अयोजना गर्ने ७ वटा खेलकुदका कार्यक्रमा अव पौडी, महिला दौड, स्लो स्कुटी, फुडसल रहेको बताईएको छ । शुक्रबार नै हवी स्वीमिङ पुलको संयोजनमा भएको खुल्ला पौडी प्रतियोगिताको संयोजकमा रमेश चौधरी र मञ्जु दाहाल न्यौपाने रहेका छन् । त्यस्तै शनिबार हुने खुल्ला महिला दौड प्रतियोगिताको संयोजक पुकार बराल र स्वस्तिका आचार्य रहेका छन् । सोही दिन आयोजित खुल्ला (महिला–पुरुष) स्लो स्कुटी रेस प्रतियोगिताको संयोजक कुशल खतिवडा र युनिता दवाडी रहेका छन् । 
त्यस्तै आइतबार हुने खुल्ला फुडसल प्रतियोगिताको संयोजक टहलदास ओली र संगीता गिरी रहेका छन् । सप्ताह समापन तथा पुरस्कार वितरण समारोहको संयोजक मिक्की कार्की र दमयन्ता दाहाल रहेका छन् । सप्ताहको मूल संयोजक सञ्जु भारती र नैनकला भट्टराई रहेका छन् । 
फोटो : कमल पाण्डे विनोद/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर