Aamsanchar

चार महिनामा ४५५ जनाको मृत्यु,डुबेर मात्रै २७२ ले ज्यान गुमाए

Author Image
सोमवार, साउन १४, २०७५

काठमाडौँ,

चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयका अनुसार २०७५ वैशाख १ गतेदेखि यही साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायत विपद्का घटनाबाट मृत्यु भएको हो ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शङ्करहरि आचार्यका अनुसार सो अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षात्बाट सात, लेक लाग्नुबाट १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३०९ पुरुष र १४६ महिला छन् ।

यस्तै विपद्का घटनामा परी ७२ जना बेपत्ता हुनाका साथै दुई हजार २३० जना घाइते भएका छन् । साथै तीन हजार ७७५ घर प्रभावित र २०१ गोठमा क्षति पुगेको छ । यस वर्ष विपद्बाट मात्र मुलुकमा रु एक अर्ब ९४ करोड ८४ लाख १८ हजार बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको छ । गत वर्ष विपद्मा परी देशभर ५९७ जनाको ज्यान गएको थियो जसमा ३५७ पुरुष र २४० महिला थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर