Aamsanchar

सरकारविरुद्ध कांग्रेस सडकमा उत्रियो, झापामा विश्वप्रकाश र कृष्णप्रसादले सम्बोधन गर्ने

Author Image
मङ्गलवार, साउन १५, २०७५

मेचीनगर ।

दुईतिहाई बहुमतधारी केपी ओली नेतृत्वको सरकारका बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ ।

आज साउन १५ गते ७७ वटै जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले बिरोधसभा गर्ने कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने, महंगी, अनावश्यक करको बृद्धि लगायतका जनबिरोधी काममार्फत सर्बसत्ताबाद लाद्न खोजेकाले सरकारलाई सही दिशामा अगाडि बढ्न देशव्यापी बिरोधसभा गर्नु परेको कांग्रेस प्रबक्ता शर्माले बताए ।

झापामा आज हुने बिरोधसभाका लागि जिल्लाभरबाट कांग्रेस कार्यकर्ता र सरकारका गलत कदमको बिरोध गर्नेहरु जिल्ला सदरमुकाम चन्द्रगढीमा भेला हुने कांग्रेस झापाका सभापति उद्धब थापाले बताए । बिरोध सभालाई कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेस सभापति थापाले जानकारी दिए ।

चन्द्रगढीस्थित बिद्युत् प्राधिकरण अगाडिको खुला मैदानमा दिउँसो १ बजे भेला भएर ¥याली निकालिने र चन्द्रगढी बजार परिक्रमा पछि सोही स्थानमा पुगेर बिरोध सभा गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सदस्य पुष्पराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार हजारौंको उपस्थितिका साथ बिरोधसभा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर