Aamsanchar

आजबाट युएईमा अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई आममाफी

Author Image
मङ्गलवार, साउन १५, २०७५

सुर्य खवास/युएई ।

युएई सरकारले अवैधानिक रुपमा युएईमा रहेका विदेशी कामदारहरुको लागि खुल्ला गरेको आममाफि अभियानमा सहभागी हुन साथै त्यसकोलागि आवश्यक कागजपत्रकालागी जतिसक्दो चाँडो दुतावासको सम्पर्कमा आउन युएईमा अवैधानिक रुपमा रहेका नेपालीहरुलाई नेपाली दूतावास युएईले मंगलबार एक सुचना जारी गर्दै आग्रह गरेको छ ।

युएई सरकारले खुल्ला गरेको तीन महिने आममाफी आज बुधबार १ अगष्ट देखि ३१ अक्टोबर २०१८ सम्म लागुहुने छ । यो अवधिमा भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासबाट तोकिएको शुल्क तिरि आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् ।

आफ्नो देश फिर्ता हुन चाहेका कामदारले कुनै सजाय वा जरिवाना तिर्नुपर्ने छैन भने फेरि युएई आउन चाहेमा उनिहरुलाई कुनै प्रतिवन्ध लाग्ने छैन । हवाइ टिकट भने व्यक्ति स्वयमले नै तयार बनाउन पर्छ ।

यसरी स्वदेश फर्कन चाहनेहरुले आफूलाई पाएक पर्ने अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने छ ।यात्रा अनुमती पत्र पाएको एक हप्ता भित्र युएई छाडिसक्नुपर्ने
दूतावासले जनाएको छ ।

युएईमा भिषा अवधी भन्दा बढी बसेकाहरुले यहि वैधानिक रुपमा कामगर्न चाहेमा काम खोज्न ६ महिनाको समय पाउनेछन तर सो अवधिकोलागी अस्थायी भिषा लगाउनु पर्ने छ । उक्त ६ महिनाको समयमा कामगर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ ।

युएईको अदालतमा कुनै मुद्दा खेपिरहेका विदेशी नागरिकहरुले भने यो अभियानम सहभागी हुन नपाउने युएई सरकारले जनाएको छ । युएई सरकारले यस् अघि सन् २००८ र सन् २०१३ मा गरेर दुई पटक आममाफी अभियान चलाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर