Aamsanchar

महिला शंखरचार्य नक्कली की सक्कली ? जनचासो बढदै

Author Image
बिहिवार, साउन १७, २०७५

केही वर्षअघिसम्म हेमा ढुंगानाको नामले नेपाल विद्यार्थी संघमा परिचित नेतृ प्रथम महिला शंकाचार्य घोषित भएको खबरले हिन्दू जगतमा सन्सनी मच्चिएको छ । हेमाको पारिवारिक¸ राजनितिक¸ सांस्कृतिक पृष्ठभूमि र संस्कृत विषयको ज्ञानबारे खोजतलास अघि बढ्दै जान थालेको छ । भारतीय जनता पार्टी निकट विश्व हिन्दू फेडरेशन र अखिल भारतीय विद्वत् परिषदले उनलाई प्रथम महिला शंकराचार्यको प्रमाणपत्र दिएका छन् भने काशी विद्वत् परिषदले उक्त कार्य अवैध भएको र महिला शंकराचार्य हुने परम्पररा नरहेको जनाएको छ । आदि शंकराचार्यले स्थापना गरेका चार वटै मठमा पुरुष शंकराचार्य रहेका र महिला शंकराचार्यका लागि पाँचौं मठको व्यवस्था नरहेकोले उक्त कार्य अवैध भएको वक्तव्य आइसकेको छ ।

राजनीतिक प्रमाणपत्र र नारीप्रति कठोर शंकराचार्य

२०७५ साउन ३ गते अग्रवाल भवनमा हेमानन्द गिरिलाई शंकराचार्य घोषित गर्दै २ वटा प्रमाणपत्र प्रदान गरिए । कार्यक्रमको आयोजना कुनै आध्यात्मिक वा धार्मिक वा विद्वत् समाजले गरेको होइन । आयोजक थियो- नेपाल वव्यापार संघ । प्रमुख अतिथि थिए- वर्ल्ड हिन्दू फेडरेशन¸ बनारसका अजय सिंह । उनैले ती प्रमाणपत्र उनलाई दिए । एउटा प्रमाणपत्र अखिल भारतीय विद्वत् परिषद र अर्को वर्ल्ड हिन्दू फेडरेशन । ती प्रमाणपत्रमा हेमानन्दले कुन विषयमा विद्वत्ता प्रदर्शन गरेको वा शास्त्रार्थ गरेको वा सिद्धान् प्रतिपादन गरेको उल्लेख छैन । छ त केवल जगदगुरु शंकराचार्य पशुपतिमठाधीश । अनि भनिएको छ धर्म परिवर्तन रोक्न महिला शंकराचार्यलाई मान्यता दिइएको । यो सरासर भारतीय जनता पार्टीको राजनीतिक हस्तक्षेप भएको नेपालका अद्वैत वेदान्तीहरुले बताएका छन् । आफ्ना ४ वटा मठबाहेक नेपालको पशुपति मठमा शंकराचार्य त्यो पनि शास्त्रीय ज्ञानबिनाकै महिलालाई ।

१२ सय वर्षअघिका आदिशंकराचार्य जसले अद्वैत वेदान्तको भाष्य लेखे अनि भारतका ४ मठ खोलेर ४ जना पुरुष शंकराचार्य रहने मठाम्नाय पद्धतिको व्यवस्था गरे ।

आदि शंकराचार्यले ब्रह्मचारीहरुलाई साधनामा तल्लीन गराउन महिलाप्रति नकारात्मक भावना जागृत गराउने खालका सन्देश प्रवाह गरेका छन् । दुखको कारक नारी भएको उनले आफ्नो सन्देशमा लेखेको पाइन्छ । आदिशंकराचार्यरचित मणिरत्नमाला प्रश्नोत्तरीका सवालजवाफ हेर्दा पनि नारी शंकराचार्य हुन असम्भव छ ।आजको लैंगिक समानताको युगमा त शंकराचार्यको नारी दर्शन अतीव विभेदकारी देखिन्छ जसका केही उदाहरण यहाँ प्रस्तुत गरिन्छ-

“द्वारं किमेकं नरकस्य नारी (नरकका प्रधान द्वार के हुन्? नारी) । मदिरा झैं मवहित गर्ने के हो ? नारी  (सम्मोहयत्येव सुरेव का स्त्री) । बुद्धिमान्हरुमा सबभन्दा बुद्धिमान् को हो ?  जो स्त्रीरुप पिशाचिनीबाट ठगिएको छैन (विज्ञान्महाविज्ञतमोस्ति को वा नार्या पिशाच्या न च वञ्चितो य:) । प्राणीहरुका लागि बन्धन के हो? नारी नै (का श्रृंखला प्राणभृतां हि नारी) । अनुयायीहरुमा वैराग्य सृजना गर्ने क्रममा आदिशंकराचार्यले स्त्रीको मन र उसको चरित्र जान्न सम्भव नभएको (ज्ञातुं न शक्यं च किमस्ति सर्वैर्योषिन्मनो यच्चरितं तदीयम्) भनेका छन् भने त्यो कुन विष हो जुन अमर्त जस्तो गरेर बुझिन्छ भनेर पर्शन गर्दै उत्तरमा शंकराचार्य भन्छन्- नारी ।“यसरी संसारप्रति नै पुरुषहरुमावरले वैराग्य जागृतगराउने शंकराचार्यले कसरी महिला शंकराचार्यको परम्परा शुरु हुने दर्शन अवलम्न गर्न सम्भव होला ?

प्रमाणपत्र वितरण कार्यक्रम काठमाडौको अग्रवाल भवनमा गरिएको थियो । निम्त्याइएका थिए कांग्रेसका नेताहरु मीनेन्द्र रिजाल¸अर्जुननरसिंह केसी¸गगन थापा र एमालेका मुकुन्द न्यौपाने । साथमा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल पनि । मीनेन्द्र रिजाल मञ्चको कार्यक्रम शुरु हुनुअघि नै पुगे । हेमालाई बधाई दिए र लुसुक्क हिँडिहाले । उनी संस्कृति मन्त्री भैसकेका र जगत् गुरु बालसन्त मोहनशरणलाई सरकारी मान्यता दिलाएका व्यक्ति भएकाले उनले महिला शंकराचार्य नक्कली भएको बुझेका थिए । त्यसैले हेमाको मन राखिदिन मात्रै गएका थिए । बाँकी दुई कांग्रेस नेताले केही वर्षअघिसम्म आफ्नै पार्टीमा संगै काम गरेको मान्छे शंकराचार्य हुनु गौरव भएको बताए । गगनलाई कांग्रसका हिन्दूवादी नेताहरुले असन्तुष्टि जनाए । गगनले चैं गुरु घिमिरेको दवावका कारण हेमालाई शंकराचार्य बनाइएको कार्यक्रममा गएको सनातनी हिन्दूवादीहरुलाई जवाफ दिएको उनीहरुको भनाइ छ । कार्यक्रममा हेमाले गुरुब्रह्मा गुरुविष्णुको श्लोकसमेत शुद्ध उच्चारण गर्न नसकेबाट उनमा शास्तरीय ज्ञान शून्य रहेको तर भारतीय हिन्दूवादी राजनीतिको गोटी बनेर उनी उदाएको केही उपस्थित विद्वानले फेवान्यूजलाई बताएका छन् । संस्कृत शुद्ध उच्चारण र सम्भाषण गर्न नसकेसम्म हिन्दूत्वमा विद्वान र गुरु त बन्न नसक्ने अवस्थामा जगदगुरु त्यो पनि शंकराचार्य जसले पूर्वमीमांसाको शाबरभाष्यका आधारमा वेदान्तको अद्वैत दर्शन विकास गरेको अनुयायी बन्न सम्भव छ ।

को हुन् हेमा ?

नेपाल विद्यार्थी संघको राजनीतिमा विफल भएपछि घरबार हुँदै भारतीय पतञ्जलि योग शिविरमा सक्रिय भएकोसम्म उनका सहयात्रीहरुलाई थाहा थियो । अचानक महामण्डलेश्वर भएर आएको उनका सहयात्रीहरुले थाहा पाए । गत वर्ष ज्योतिर्पीठको शंकराचार्य विवादमा पर्यो । भारतीय अदालतले त्यहाँ शंकराचार्य दावी गरेका दुवै जनलाई अयोग्य घोषित गरिदियो र भन्यो कि विद्वत् परिषदको प्रक्रिया पार गराएर मात्रै शंकराचार्य छान्नु पर्छ । त्यसैमुताविक विज्ञापन आह्वान भयो जसमा महामण्डलेश्वर हेमाले पनि निवेदन हालिन् । तरमठाम्नाय महाअनुशासन ग्रन्थको आधारमा उनको दावी नपुग्ने भन्दै निवेदन खारेज गर्ने निर्णय शंकराचार्य काशी विद्वत् समाजको छनौट समितिले गत डिसेम्बरमै गर्यो ।यो लिकमा हेर्नुस् नवभारत टाइम्समा छापिएको समाचार-  https://navbharattimes.indiatimes.com/metro/lucknow/other-news/shankaracharya-postponed-a-debate-over- sadhvi/articleshow/62196148.cms

सन् २०१७ को डिसेम्बरमै शंकराचार्य छनौट समितिबाट अयोग्य घोषित भैसेकपछि उनले नेपालका प्रमुख टेलिभिजन च्यानलहरुमा आफू शंकराचार्य बन्नै लागेको झूट्टा अन्तर्वार्ताहरु सन् २०१८ मा प्रसारण गराइन् । लिंकहरुमा हेर्दा- एपी वान् https://www.youtube.com/watch?v=swzFQ_rrETI&t=1854s  कान्तिपुर  https://www.youtube.com/watch?v=cRSmPFCisjs र नेपाल टेलिभिजन https://www.youtube.com/watch?v=ZQ4eEg0jQvw बाट समेत उनले झूट्टा बयान प्रसारण गराइन् । झूट्टा यस अर्थमा कि ज्योतिषपीठ जूना अखडाको शंकराचार्य बन्नै लागेको उनले टेलिभिजन अन्तर्वार्ताहरुमा दावी गरेकी थिइन् । जबकि उनी २०१७ मै प्रतिस्पर्धामा थिइनन् ।

हेमानन्दलाई शंकराचार्य उपाधि दिने चर्चा चल्नासाथ गोबर्धनपीठ पुरीका सक्कली शंकराचार्य निश्चलानन्द सरस्वतीले नोभम्बर २०१७ मा पत्रकारलाई भनेका थिए भारतको केन्द्र सरकारको निर्देशनमा नक्कली शंकराचार्य उत्पादन भैरहेको छ । हेर्नुस् युट्युब भिडियो-  https://www.youtube.com/watch?v=cA4czOphE3Q&feature=share कांग्रेस¸ समाजवादी पार्टी र भाजपाले नक्कली शंकराचार्य बनाए । यो अराजकताको पराकाष्ठा हो । अंग्रेजहरुको कूटनीति हो । शंकराचार्य पनि नक्कली हुनु जस्तो बर्बरता के हुन सक्छ ?  २/४ जना नक्कली प्रधानमन्त्री घुम्न लागे भने असली प्रधानमन्त्रीको के दशा होला ?शंकराचार्य प्रमाणित हुन नसक्नासाथ आजीवन कारावास वा मृत्युदण्डको सजायँ सुनाउनु पर्छ ।आदिशंकराचार्य महोदयले स्थापित गर्नुभएकै छ- “मठाश्चत्वार: । आचार्याश्चत्वारा:” अर्थात् चार वटा मठ छन् चार वटा शंकाराचार्य छन् । ती चारबाहेक सबै नक्कली शंकराचार्य हुन् तिनलाई जेलको सिकन्जामा बन्द गर्न योग्य छन् । एकै दिनमा पहिरन उतारिने र सबै रसातलमा आफैं पुग्नेछन् । भारतमा करिब ९० जना नक्कली शंकराचार्य रहको तथ्यांक पत्रिकाको यो समाचार लिंकमा छ-  https://www.patrika.com/ujjain-news/peetha-four-three-sankaracharya-everyone-else-forged-narendra-giri-1300440/

हेमालाई पहिलो महिला शंकराचार्यको बधाई सार्वजनिक हुन थालेपछि तीब्र प्रतिक्रिया आएका छन् । काशी विद्वत् परिषदले ठाडै अवैध काम भन्दै पठाएको पत्र यस्तो छ ।

शंकराचार्य जस्तो बिरलै मात्रै फेला पर्ने विद्वानको ठाउँ मामुली योगासन गर्न सक्ने व्यक्तिले ओगटेको समाचार आएपछि नेपाली समाजका वेदान्त र धर्ममीमांसाका जानकारहरुले थाहै नपाए जस्तो गर्ने नीति अवलम्बन गर्दैछन् । तर भारतबाटै नक्कली शंकराचार्य भनेर प्रतिवाद हुन थालेपछि कताकती हेमालाई विगतको पृष्ठभूमिका आभारमा उजागर गर्ने प्रयास नभएको होइन । गौरी धार्मिक मासिकका सम्पादक अर्जुन लामिछानेले फेसबुक स्टाटस लेखेपछि त्यसमा आएका कमेन्ट हेर्दा पनि उनलाई चिन्नेहरुले शंकराचार्यको पदवीको खिल्ली उडेको टिप्पणी गरेका छन् ।

प्रथम महिला शंकराचार्य प्राप्त हुनु नेपालका लागि गौरव विषय हुनु पर्ने हो । तर ज्योतिषपीठ जूना अखडाको शंकराचार्य बन्नै लागेको भनेर झूट्टा वक्तव्यबाजी हुनु र नेपालको पशुपतिनाथमा पशुपतिमठमा भारतीयहरुले हस्तक्षेप गरेर शंकराचार्य घोषित गर्नाले नेपालमाथि भारतीय कुदृष्टि समेत झल्किन आउँछ । गोबर्धनका पीठका शंकराचार्य निश्चलानन्द जसले सयौ किताब लेख्नुभएको छ जसमा अधिकांश वेदिक गणितका छन्, उहाँले ठीकै भन्नुभएको होला कि नक्कली शंकराचार्य अंग्रेज अर्थात् क्रिश्चियनको डिजाइन र भारतको केन्द्र सरकारको लापरबाही योजना अनुसार नभएको भन्न मुश्किल पर्ने नेपालका हिन्दू विद्वानहरुले टिप्पणी गरेका छन् ।

साभार फेवान्युज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)