Aamsanchar

टिमाई खोलामा झोलुङ्गे पुल बन्दा स्थानीयलाई हर्षित

Author Image
शुक्रवार, साउन १८, २०७५

दिपेन लावती /शान्तिनगर,

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्ने स्थित टिमाई खोलामा ‘खन्यूगौडा झोलुङ्गे पुल बन्ने क्रम अन्तिम चरणमा पुगेको छ । आर्थिक बर्ष २०६८÷०६९ सालमा करिब एक करोडको लागतमा बन्ने योजनामा रहेको पुल प्राबिधिक कारणले करिब ६ बर्ष ढिलो भएको थियो । तर पुन ः ६ बर्षपछि युवा ब्यक्तित्व चेतन ढुङ्गेलको अध्यक्षतामा २०७४ फाल्गुन १० गते ९ सदस्सिय पुल निर्माण उपभोक्ता समिति गठन गरि समितिकै रोहबरमा पुल निर्माणको काम शुरु भएको हो । हाल पुलको काम करिब ९० प्रतिशत सम्पन्न भएको छ ।

नेपाल सरकार संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग स–स्पेन्सन बृज डिभिजन कार्यालय (डोलिडार) ले झोलुङ्गे पुल निर्माण गरेपछि बुद्धशान्ति गाउँपालिका वडा नम्बर–४ र ७ देखि वडा नम्बर ६ र ५ जोड्नेछ । यसका साथै इलामको दक्षिणी गाउँपालिका रोङ्ग गाउँपालिका–५ का स्थानीयलाई समेत आवत–जावत गर्न सहज हुनेछ ।

दुई चरणमा काम गरिएकाले काममा पुल निर्माणमा ढिलो भएको उपभोक्ता समितिले जनाएको छ । ६ बर्षअघि अधिकारी निर्माण सेवा (कम्पनी) गोर्खाले पुल निर्माणको जिम्मा लिएको थियो । तर कम्पनीले प्राबिधिक कारण देखाउँदै बिचैमा काम छाडेको थियो ।

झोलुङ्गे पुलको सामाग्री जिल्ला बिकास समितिमा रहेपनि निर्माण कम्पनीले काम पुरा गर्न सकेन् । पुल निर्माणमा ढिलाई भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि थप काम प्रभावित भएपछि ६ बर्षसम्म लम्बिएको हो । अख्तियारको छानविनबाट कुनै समस्या प्रमाणित नभएपछि पुन ः स्थानीयबासीको रोहबरमा यसबर्षबाट काम शुरु भएको हो ।

हाल पुलको २ वटा टावर निर्माणपछि लठ्ठा जोड्ने काम सकिएको उपभोक्ता समितिका सह–सचिब राम महतले पूर्वाञ्चल दैनिकलाई जानकारी दिए । पुल १७२.६ मिटर लम्बाई र २ मीटर २० सेन्टिमीटर चौडाई छ । उक्त पुलमा मानिससंगै बर्षामा मोटरसाईकल समेत ओहोर–दोहोर गर्न सक्ने क्षमताको बनको निर्माणधिन झोलुङ्गे पुलका इन्जिनियर उत्तम नारायण रिजालले जानकारी गराए ।

पुलको काम यसै आर्थिक बर्ष २०७५÷०७६ को श्रावण अन्तिम साता भित्र सक्ने निर्माण उपभोक्ता समितिका अध्यक्ष चेतन ढुङगेलले जनकारी दिए । उनका अनुसार टिमाई खोलामा झोलुङ्गे पुल निर्माणपछि स्थानीयबासी, बिद्यार्थीसंगै किसानलाई कृषिजन्य बस्तु बजार सम्म पुर्याउन सहज हुनेछ । पुलको टावर रहेको ठाउँमा तारजाली नगर्ने हो भने बर्षाको समयमा खोलाले छेउ कटान गर्ने संभावना रहेको स्थानीयहरुले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर