Aamsanchar

सरकारलाई सघाउदै थ्री बिज, निबन्ध लेखनमा सुनिता प्रथम (फोटो फिचर )

Author Image
शुक्रवार, साउन १८, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची मल्टिपल कलेजकी छात्रा सुनिता बुढाथोकी प्रथम भएकी छन् ।

नेपाल पर्यटन वर्ष २०२० कसरी सफल पार्न सकिन्छ ? भन्ने शिर्षकमा शुक्रबार बिर्तामोडमा आयोजना गरिएको निवन्ध लेखन प्रतियोगितामा न्यूटन्स् एकाडमीका डिल्लीराम कँडरिया दोस्रो भएका छन् ।

उनीहरुले क्रमश नगद २० हजार र १० हजार रुपैंया हात पारेका छन् । अष्ट्रेलिया अध्ययनका लागी विद्यार्थी पठाउने काम गर्दै आएको कन्सल्टेन्सीको बिर्तामोड शाखा खुलेसंगै निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको कन्सल्टेन्सीका बिर्तामोड शाखाका प्रबन्ध निर्देशक अशोक भण्डारीले जानकारी दिए ।

झापामा मात्र होइन नेपालमा पर्यटनको प्रचुर सम्भावना भएपनि त्यसको उचित प्रचार प्रसार नहुदाँ विदेशी पर्यटक नेपाल कमै मात्र आउने गरेको भन्दै कन्सल्टेन्सीले विद्यार्थी मार्फत पर्यटन प्रवद्र्धन गर्न लागेको अर्का सञ्चालक निमेश शिवाकोटीले बताए ।

नेपालबाट विदेश गएका तथा नेपालमा नै रहेर पर्यटनको क्षेत्रमा केही गरौं भन्ने विद्यार्थीलाई हौसला प्रदान होस् भन्ने उद्धेश्यले निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको जनाइएको छ । प्रदेश–१ सरकारले ५ वर्ष्भित्र ५ लाख विदेशी पर्यटक भित्र्यिाउने लक्ष्य राखि रहेका बेला कन्सल्टेन्सीले नेपालकै होचो भू–भाग केचना देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै प्रदेशमा रहेको भन्दै निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको हो ।

निबन्ध लेखन प्रतियोगितामा एक सय ६ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जिल्लाका विभिन्न कलेजहरुबाट विद्यार्थीको उत्साहजनक सहभागिता भएको थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीका अष्ट्रेलियाका प्रतिनिधि तीर्थ खतिवडाले बताए । प्रतियोगितामा प्लस टु देखि मास्टस सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।

यसैबीच थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रममा बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा पूर्वसांसद सुधिरकुमार शिवाकोटी, रेडक्रस बिर्तामोड शाखाका सभापति सजेश शिवाकोटी, राष्ट्रिय फोटो पत्रकार महासंघ झापाका उपाध्यक्ष विनोद पाण्डे, पूर्व डीएसपी ध्रुव ओली लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले थ्री बिज एजुकेशन एण्ड भिषा सभिसेज कन्सल्टेन्सीले पर्यटनको विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरेर प्रदेश–१ मै नमुना बनेको बताएका थिए । उनीहरुले पर्यटनले देश विदेशलाई जोड्दै पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताएका थिए ।

कन्सल्टेन्सीका संस्थापक राजन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई सञ्चालक सदस्य निमेश शिवाकोटीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आर्चायले गरेकी थिइन् । प्रतियोगिताको निर्णयक मण्डलमा अर्पण खतिवडा, ताराकुमार प्रसाई, मिलन ओली र भेषराज चौलागाई रहेका थिए ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर