Aamsanchar

झापामा बलात्कार घटना विरुद्ध महिला सडकमा (फोटो फिचर)

Author Image
बुधवार, साउन २३, २०७५

चारपाने । पछिल्ला केही बर्ष यता देशभर बलात्कारका घटना बढिरहेको अवस्थामा झापामा पनि उक्त घटनाले ठुलो रुप लिन थालेपछी बुधबार झापाको विर्तामोडमा स्वतस्र्फुत निस्केको महिला हिंसा विरुद्धको र्यालीले स्थानीय तहका प्रहरी प्रशासन र न्यायिक निकायलाई खबरदारी गरेको छ ।

स्थानिय सरकार होसियार, महिला हिंसा अन्त्य गर, नारीहरु मोज मस्तीका लागि हैनन उनिहरुको इज्जत गर्न सिकौं लगायतका नारासहितका प्लेकार्ड बोकेर अर्जुनधारा र विर्तामोड नगरपालिकावाट भेला भएका महिला,पुरुष सहितको र्यालीेले विर्तामोड परिक्रमा गरेर मुक्ति चोकमा कोणसभा भरेको थियो ।

झापामा क्रियाशील विभिन्न महिला संघ संस्थाका प्रतिनिधिहरु सहभागी र्यालीमा बोल्ने वक्ताहरुले देशमा बढिरहेको चरम बलात्कारका घटना, दोषीलाई मृत्यू दण्ड दिनु पर्र्नेे कडा कानुन बनाउनु पर्ने बताए । झापा अर्जुनधाराकी देवकला प्रसाईले जहाँका भए पनि महिला तथा बालिका बलात्कृत हुँदा देशका सबै मान्छेलाई दुख्नुपर्ने बताइन् । उनले भनिन झापामा बालिका बलात्कृत हुँदा काठमाडौं तथा कञ्चनपुरलाई दुख्नुपर्छ । सबै स्थानका महिलाको पीडा एउटै हो।’

उनले भनिन यो शुरुवाती आन्दोलनलाई कमजोर नठान्न चेतावनीसमेत दिइन् । प्रसाईंले भनिन ‘यत्रो महिलामाथि हिंसा भइरहँदा स्थानीय तहका न्यायिक निकायका प्रमुखहरु खोइ ? किन मुख खोल्दैनन् उनीहरु?’

महिला अधिकारकर्मी सावित्री सुवेदीले बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउनु पर्ने जिकिर गरिन । उनले महिलामाथि भइरहेका अत्याचारका घटनाका बारेमा खुलेर आवाज उठाउन आम महिलाहरुलाई आग्रह गरिन् । वीरता लेडी जेसीज पूर्व अध्यक्ष पार्वता बिमलीले महिलाको अस्मिता माथी खेल्ने काम दिनानु दिन बढदै गएको र बलत्कार र विभिद हिंसाको अनत्य गर्न अव सडक देखि सदन सम्म आफ्ना आवजलाई बुलन्द बनाएर सरकारको ध्यान आर्कशण गराउन आम महिला हरुलाई एक हुन आग्रह गरिन । र्यालीमा अर्जुनधारा र विर्तामोड गरी दर्जन भन्दा बढी संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

फोटो : कमल पाण्डे विनोद/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)

सम्बन्धित खबर