Aamsanchar

अर्जुनधारामा बालिका बलात्कृत हुने क्रम बढ्यो

Author Image
शनिवार, साउन २६, २०७५

झापा।

झापाको अर्जुनधारामा शुक्रबार दिउँसो ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गर्ने ७० वर्षीय मानबहादुर बानियाँलाई शुक्रबारै प्रहरीले नियन्त्रणमा लिएका छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बलात्कारपछि फरार भएका अर्जुनधारा-११ का बानियाँलाई स्थानीयको सहयोगमा ५ घन्टापछि साँझमा नियन्त्रणमा लिइएको हो । घटना शुक्रबार दिउँसो साढे दुई बजेको हो । छिमेकी नानीलाई बलात्कार गरेर भागेका बानियाँ सालबारीस्थित आफन्तको घरमा लुकेर बसेको सूचना स्थानीयबासीले प्रहरीलाई दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । तर, प्रहरीले बानियाँलाई फेला पारेको २ घन्टासम्ममा पनि इलाका प्रहरी कार्यालय लैजान सकेको थिएन ।

उनलाई नियन्त्रणमा लिनका लागि सालवारीमा तनाव भएको थियो । बानियाँ लुकेको घर वरपर राति ९ बजेसम्म सयौँको संख्यामा स्थानीय आक्रोशित मुद्रामा भेला भएका थिए । उनीहरुले हातमा ढुङ्गा लिएर ९ वर्षीया अबोध बालिकालाई बलात्कार गर्नेलाई सहजै प्रहरीलाई जिम्मा लगाउनु नहुने भन्दै आक्रोश पोखेका थिए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रहरीले उनलाई मेची अञ्चल अस्पताल लगिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । उनले आरोपी बानियाँलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर भर्ना गरिएको छ ।

केही दिन यता अर्जुनधारा नगरपालिकामा मात्रै लगातार तीन वटा बलात्कारका घटना भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर