Aamsanchar

यसकारण राख्‍नु हुँदैन फ्रिजमा अण्डा

Author Image
शनिवार, साउन २६, २०७५

काठमाडौं,

भान्सामा प्रयोग हुने महत्वपूर्ण सामग्री हो, फ्रिज। यसले खानेकुरालाई लामो समयसम्म ताजा राख्नमा सहयोग गर्छ। सजिलो र चाहेको बेला खाना खान सजिलो हुने भएकाले एकपटक पकाएको खाना पछिसम्मका लागि पनि फ्रिजमा राख्ने गरिन्छ। फ्रिजले खानालाई  फ्रेस राख्ने भएकाले यसको प्रयोग गरिँदै आएको हो। तर सबै खाने कुरा फ्रिजमा राख्दा फ्रेस हुन्छ भन्ने छैन।

यस्तै खानेकुरामा पर्छ अण्डा। पकाउन सजिलो र प्रोटिनको मात्रा प्रशस्त हुने भएकाले अण्डा सबैको रोजाइमा पर्छ। स्वास्थ्यलाई फाइदाजनक मानिने अण्डा फ्रिजमा राख्दा यसलै उल्टै वेफाइदा गर्छ। अण्डालाई फ्रिजमाभन्दा कोठाको तापक्रममा राख्दा राम्रो हुन्छ।

कतिपयले थाहा नपाएरै अण्डालाई फ्रेस राख्नका लागि फ्रिजमा राख्ने गर्छन्। तर यसो गर्नु राम्रो होइन। फ्रिजमा राखिएका अण्डाले फाइदाभन्दा वेफाइदा बढी गर्छ। फ्रिजमा अण्डा राख्‍दा यसको रङ र स्वादमा समेत फरकपन आउँछ। फ्रिजको सामान्य तापमानमा राखिएको अण्डामा कन्डेन्सेसन ‘condensation’ ग्यासबाट लिक्वीड बन्ने प्रकिया हुन्छ। जसले गर्दा
कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरिया चलायमान हुन्छन्।

यसरी उत्पन्‍न भएका ब्याक्टेरिया अण्डाको भित्री भागसम्म पस्न सक्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।  यस्तो अण्डा खाँदा पेट दुख्ने, पखाला लाग्ने मात्र नभइ यसले ठूलै रोगको मुखमै पुर्‍याउन सक्छ।

त्यसैले फ्रिजमा राखिएका अण्डा सेवन गर्नु स्वास्थ्यका लागि खतरनाक मानिन्छ।अण्डाको बाहिरी भागमा फोहोर हुने भएकाले यसले फ्रिजमा राखिएका अन्य खानेकुरालाई पनि संक्रमित गर्छ। यसबाट रोग निम्तिने संभावना पनि बढी नै रहन्छ। त्यसैले फ्रिजमा राखिएका अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन्।

फुट्ने संभावना बढी
लामो समयसम्म फ्रिजमा राखेको अण्डा उमाल्दा फुट्ने संभावना पनि बढी हुन्छ।जसले गर्दा अण्डा खेर जाने मात्र होइन आर्थिक भार पनि थपिन जान्छ। लामो समय फ्रिजमा राखिएका अण्डामा चिसोले गर्दा पोषक तत्व पनि नष्ट हुने संभावना पनि धेरै हुन्छ। त्यसैले अण्डा फ्रिजमा राख्नुभन्दा कोठाको तापक्रममा राख्नुपर्छ। यसरी कोठाको तापक्रममा राखिएका अण्ड लामो समयसम्म राख्न सकिन्छ। जुन स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छन्।-अन्नपूर्णपोष्ट डटकमबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर