Aamsanchar

विराटनगर महानगरपालिका परिसरभित्रै बम बिस्फोट

Author Image
आइतवार, साउन २७, २०७५

विराटनगर ।

विराटनगर महानगरपालिकाभित्र बिस्फोट भएको छ । बम वा अरु कुनै उपकरण के पड्किएको हो भन्ने पहिचान हुन नसकेपनि बिस्फोटबाट कार्यालयका झ्यालका सिसा फूटेका छन् ।

मेयर भीम पराजुलीको कार्यकक्ष नजिकैको कोठामा ठुलो आवाजसहित विस्फोट भएको हो । पराजुलीले चढ्दै आएको को१झ ४९४ नम्बरको गाडीको समेत सिसा फुटेको छ ।

बिस्फोटपछि कार्यालयभित्र रहेका कर्मचारी र सेवाग्राहीहरु बाहिर निस्किएका छन् । आकस्मिक रुपमा महानगरपालिकाको कार्यालय बन्द गरिएको छ । मेयर भीम पराजुलीले कुकर बम बिस्फोट भएको दाबी गरेका छन् ।

नेपाल प्रहरीको सुरक्षा टोली महानगरपालिकाको कार्यालयमा व्यापक परिचालन गरिएको छ ।–पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर