Aamsanchar

बन्दका कारण झापासहित देशभरको जनजिवन प्रभावित, राजधानीका विभिन्न स्थानमा बम भेटियो 

Author Image
मङ्गलवार, साउन २९, २०७५

झापा ।

नेत्रबिक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आयोजना गरेको नेपाल बन्दका कारण बिहानै देखि झापासहित देशभरको जनजिवन प्रभावित भएको छ ।

बन्दलाईसफल पार्न विभिन्न १३ संगठनले संयुक्त रुपमा अपिल नै जारी गरेका छन । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाँक्री, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान संगठन क्रान्तिकारीकी अध्यक्ष सविता सिंह, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी, नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका अध्यक्ष टिकाप्रसाद कंडेल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावल, संयुक्त उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष युवराज पराजुली, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, नेपाल निर्माण व्यवसायी संगठनका अध्यक्ष नवराज खड्का, दलित मुक्ति मोर्चा, नेपालका उपत्यका संयोजक हरी नेपाली, नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनका अध्यक्ष सुरेश चौधरी र योङ रेड फोर्स, नेपालकी उपाध्य मिना चलाउनेले संयुक्त रुपमा विज्ञप्ति जारी गरी नेपाल बन्दको समर्थन गर्दै आमसमुदायलाई बन्द सफल पार्न आह्वान गरेका छन् ।

संयुक्त संगठनले केपी ओली– पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललगायत सयौं नेताकार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रति घोर आपत्ति जनाउँदै सम्पूर्ण राजबन्दीको बिनासर्त रिहाइको माग गरेका छन् । साथै, संसदीय सत्ताका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सहयोग सबै देशभक्त, गणतन्त्रवादी तथा लोकतान्त्रिक पक्षधर जनसमुदायलाई हार्दिक अपिल गरेको छ । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधनहरु ठप्प भएका छन ।

यसैबीच झापाको गौरादह नगरपालिका वार्ड नं। ७ वडा कार्यालय भवन छेउमा बम बिस्फोट भएको छ । भवनको पुर्व दक्षिण कुनामा बिहान ६। ४५ बजे सुतली बम पड्काइएको प्रहरीको अनुमान छ । मोर्टरसाइकलमा आएका दुई जना बन्द समर्थकले उक्त बम राखेको हुन सक्ने आशका गरिएको छ । बमको आवाज र धुवाँको मुस्लो आएपछि मानिसहरुमा भागदौड मच्चिएको र बम बिस्फोट भएको स्थानमा झारहरु मरेको अस्थायी प्रहरी पोस्ट ग्वाडुब्बाले बताएको छ ।

राजधानीका विभिन्न स्थानमा बम भेटियो 
काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएको छ । सतुंगलमा रहेको सिप्रदी ट्रेडिङमा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु बम भएको अनुमान प्रहरीले गरे पनि खुलेको छैन । प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली अहिले शंकास्पद वस्तु भेटिएको स्थानमा पुगेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने आशंका प्रहरीको छ ।

विप्लव समूहले बन्द आह्वान गरेको दिन मंगलबार अन्य स्थानमा पनि बम भेटिएका छन् । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेका हुन् ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

उता, रौतहटमा पनि शंकाष्पद वस्तु फेला परेको छ । चन्द्रपुर–५ स्थित पूर्व पश्चिम् राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको हो । प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको आशंकामा निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर