Aamsanchar

प्रदेश १ का मुख्यमन्त्रीलाई दुई करोड मुल्यको गाडी खरिद गरिने

Author Image
शुक्रवार, भदौ १, २०७५

सुनसरी ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईको लागी दुई करोड रुपैयाँ पर्ने गाडी खरिद गरिने भएको छ । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको खर्च छुट्याइदै राईको लागी यत्रो पैसा गाडी खरिद गर्न खर्च गर्न लागेको हो । प्रदेश सरकारले यो बर्ष भित्र सबै गरि कुल ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ ।

स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै गाडीका लागि समेत बजेट छुट्याइएको छ । अहिले मुख्यमन्त्री सुनसरी मोरङ सिँचाई आयोजनाको पुरानो ल्याण्डकुजर गाडी चढिरहेका छन् ।

मुख्यमन्त्रीका लागि २ करोडको सवारी साधनसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ करोड ८४ लाख राखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लागि ३ करेड ५१ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि ८५ लाख ५८ हजार, सामाजिक विकास मन्त्रालयका लागि १ करोड ९८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आवमा ५४ लाख रुपैयाँमा एउटा गाडी खरिद गरेको छ । यो मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त भएका छैनन् । मुख्यमन्त्री शेरधन राई आफैंसँग यो मन्त्रालय राखेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि टेण्डर नपरेका कारण गतवर्ष गाडी खरिद गर्न सकेन ।

सामाजिक विकास मन्त्रालयले भने ५४ लाखमा एउटा गाडी खरिद गरेको छ । यसैगरी प्रदेशसभा सचिवालयले भने तीनवटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख र प्रदेशसभाका सचिवका लागि ती गाडी खरिद गरिएका हुन् । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ६७ लाख रुपैयाँमा गत आवमा २ वटा गाडी खरिद गरेको थियो ।

प्रदेश प्रमुखका लागिसमेत गाडी खरिद गत आवमा नै गरिएको थियो । यो वर्ष प्रदेश सचिवालयका लागि २ करोड ७५ लाख २५ हजार रुपैयाँ सवारी सधान खरिद गर्न रकम विनियोजन गरिएको छ । मुख्यन्याधीकरणको कार्यालयका लागि ७३ लाख १० हजार रुपैयाँ सवारी साधन खरिदमा खर्च हुने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ करोड २० लाख रुपैयाँ राखेको छ । प्रदेश सरकारले प्रदेश लोकसेवाका लागि समेत गाडी खरिदका लागि समेत रकम राखेको छ ।-पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)