Aamsanchar

विरोधी तह लगाउँदै अध्यक्ष थापा, सबै पदाधिकारीहरूको पद खोसिदिए, तनावमा लिङ्देन

Author Image
बिहिवार, भदौ ७, २०७५

काठमाडौं ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा निरंकुशता लादेको भन्दै असन्तुष्टि बढेको छ ।विरोधीहरूलाई तह लगाउन अध्यक्ष थापाले केन्द्रीय कार्यसमिति भङ्ग गरेर पदाधिकारीहरूको घटुवा गरेपछि राप्रपाभित्र विवादले उग्ररुप लिएको हो ।

झापाबाट प्रतिनिधि सभामा जितेर आएका राप्रपाका राजेन्द्र लिङ्देनलाई पनि अध्यक्ष थापाले निशाना बनाएका छन् । लिङ्देनसँग सशंकित बनेका अध्यक्ष थापाले महामन्त्री पद खोसिदिएका छन् । महामन्त्री पद खोसिएपछि लिङ्देनले राप्रपामा बसिरहने वा विकल्प खोज्नेबारेमा आफू निकटका नेताहरूसँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ ।

निर्वाचनमा नराम्रोसँग पराजित भएपछि राप्रपाका नेता तथा कार्यकर्ताले अध्यक्ष थापाको आलोचना गरेका थिए । उनीहरूले अध्यक्ष पदबाट थापालाई हटाएर नयाँ अध्यक्ष बनाउनुपर्ने लबिङ समेत गरेका थिए ।

आफूविरुद्ध केन्द्रीय सदस्य र पदाधिकारीहरू सक्रिय भएको थाहा पाएपछि थापाले केन्द्रीय कार्यसमिति भङ्ग गरेका हुन् ।

थापासँग रिसाएका नेताहरूले पार्टी फुटाउने बारेमा समेत परामर्श गरेका छन् । पार्टी फुटाउनुभन्दा पनि थापाको राप्रपा छाडेर पशुपति शम्शेर राणा नेतृत्वको दलमा जानेबारेमा आन्तरिक तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

अध्यक्ष थापाले पदाधिकारीहरूको पद खोसे लगत्तै दुईजना आफू निकटका नेताहरूलाई पदाधिकारी नियुक्त गरेका छन् । थापाले महामन्त्रीमा भास्कर भद्रा र कोषाध्यक्षमा उद्धव पौडेललाई नियुक्ति गरेका छन् । भद्रा र पौडेललाई नियुक्ति गरेपछि थापाको विरोध सुरु भएको एक नेताले बताएको दैनिक नेपालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर