Aamsanchar

आँखामा हँसिया गाडिएर घाईते बनेकी बालिकाको झापामै सम्भव भयो जटिल शल्यक्रिया

Author Image
शुक्रवार, कार्तिक ९, २०७५

बिर्तामोड । घाँस काट्न प्रयोग हुने हँसिया आँखामा पसेर घाइते भएकी झापा दमककी एक बालिकाको बिर्तामोडको बिएण्डसी हस्पिटलले सफल उपचार गरेको छ ।
कार्तिक ५ गते आँखामा हसियाँ पसेर हस्पिटल ल्याइएकी ८ बर्षकी बालिका अंसु गिरीको शल्यक्रिया सफल भएको हस्पिटलले जनाएको छ ।
दमक–२ घर भई पथरीशनिश्चरे–३ आफन्तको घरमा गएका वेला घाँस काट्न जान्छु भनि हिडेकी अंशु गिरीको लडेर आँखामा हसियाँ पसेको उनकी आमा विमला गिरीले बताइन् । उनले आफ्नी छोरीको सफल उपचार गरेकोमा र हस्पिटलमा भएको सेवा सुविधाको प्रशंसा समेत गरेकी छिन् । ‘अन्य हस्पिटलमा भए मेरो छोरीको आँखा बिग्रन पनि सक्ने थियो, समयमै यहाँ ल्याएर उपचार गराउन पाउँदा आँखा पहिलेकै अवस्थामा फर्कियो ।’ उनले भनिन् ।


उपचारमा संलग्न डाक्टर धिरज गिरीले हस्पिटलमा भएका आधुनिक उपकरण र डाक्टरहरुको टीमले गर्दा उपचार सम्भव भएको बताए । ‘हसियाँसहित हस्पिटलमा ल्याइएको थियो’ डाक्टर गिरी भने ‘ आँखामा ३० मिलीमिटर भन्दा वढी रगत जमेको भए आँखा बिग्रने थियो ।’ घटना भएको डेढ घण्टामै हस्पिटल ल्याइएकोले पनि सफल उपचार गर्न सकिएको उनले जानकारी गराए । घटनामा अंशुको दाहिने आँखाबाट अर्को आँखालाई समेत भेट्ने गरी हसियाँ पसेको डाक्टर गिरीले बताए ।
कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई, जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतको समेत उस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर