Aamsanchar

एम्बुलेन्स पाए जीवन पाउने थियौं

Author Image
मङ्गलवार, कार्तिक १३, २०७५

इलाम ।

इलामको रोङ गाँउपालिका–१ र २ साविक शान्तिपुर गाविसमा स्वास्थ्य चौकी भएपनि एम्बुलेन्स नहुदाँ बिरामीलाई समयमा अस्पताल पु¥याउन समस्या भएको छ ।

भैगोलिक विकटताका कारण गाँउमा कोही बिरामी परेमा तत्काल अस्पताल लैजानु परेमा झापाबाट एम्बुलेन्स बोल्नु पर्छ त्यो पनि ३–४ घण्टामा मात्र आइपुग्छ–रोङ–१ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल भन्छन् –समयमा उपचार नपाएर अकालमा नै ज्यान गुमाउनु पर्ने अवस्था छ ।

समान्य बिरामी भएपनि घण्टौं हिडेर स्वास्थ्य चौकी पुग्नु पर्ने बाध्यता रहेको भन्दै गम्भिर प्रकृतिको बिरामी परेमा बाटैमा ज्यान जाने खतरा रहेको स्थानीय जानुका बस्नेतले बताइन् । उनले भनिन्–बिरामी पर्दा अस्पताल जाने भनेको झापाको बिर्तामोड नै हो ।

बिहान एउटन ट्याक्सी जान्छ । गाँउ घरमा कसैलाई तत्काल अस्पताल लैजानु परेमा स्टेचर वा झोलुङ्गो तयार पारेर मान्छे खोज्नु पर्छ । झापासंग सिमाना जोडिए पनि भौगोलिक हिसाबले विगट भएकाले तत्कालिन शान्तिपुर गाविसमा एम्बुलेन्स पु¥याउन समस्या हुने गरेको छ ।

विभिन्न रोगको प्रकोप फैलिरहेको बेला हाल रोङ–१ र २ अर्थात शान्तिपुर गाविसलाई सबैले एम्बुलेनस उपलब्ध गराए आफुहरु स्वास्थय चौकीको मातहतमा एम्बुलेन्स सञ्चालन गर्न तयार रहेको वडाध्यक्ष ढकालले बताए ।

उनले भने–मानविय सेवाका लागि विभिन्न संघ संस्थाले ठूलो सहयोग गरिरहेका छन् । हामीलाई पनि एम्बुलेनस प्रदान गरेर स्वास्थ्यमा नयाँ जीवन प्रदान गरिदिए आभारी हुने थियौं ।

करिब ७० हजार जनसंख्या रहेको तत्कालिन शान्तिपुर गाविसमा हाल सम्म अस्पताल पु¥याउन नपाएर धेरैले अकालमा नै ज्यान गुमाउनु परेको स्थानीयको भनाई छ ।

उक्त स्थानमा वर्थिङ् सेन्टर समेत नहुदाँ सुत्केरी महिला तथा बृद्धबृद्धालाई तत्काल अस्पताल लैजानु परेमा समस्या हुने गरेको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर