Aamsanchar

‘सङ्घीय सरकारको जानकारीमा मुख्यमन्त्रीको भ्रमण’

Author Image
आइतवार, कार्तिक २५, २०७५

काठमाडौँ, 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ ।

उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राससलाई प्रतिक्रिया दिँदै लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि जानुभएको हो भन्नुभयो । उहाँ यही कात्तिक १६ गते बैंकक प्रस्थान गर्नुभएको र स्वास्थ्य परीक्षणको प्रतिवेदन केहीदिनमै आएपछि स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्री कार्कीका अनुसार मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराउनुभएको तर उपचार तथा निजी भ्रमणबारे सङ्घीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छैन । मन्त्री कार्कीले मुख्यमन्त्री राईको भ्रमणका विषयमा अमेरिकामा पत्रकारलाई कुटपिट गरिएको सन्दर्भ जोड्न आवश्यक नभएको पनि जिकीर गर्नुभयो ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर