Aamsanchar

सरकारको आलोचना गर्ने बेला भएको छैन्–खनाल

Author Image
आइतवार, कार्तिक २५, २०७५

बिर्तामोड ।

पूर्वप्रधानभन्त्री झलनाथ खनालले सरकारले आफ्नो गतिलाई तिब्र बनाउनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा आइतबार पत्रकारहरुसंग कुरा गर्दै स्थायी समितिको बैठक तत्काल बोलाएर विकासको रोड म्याप बनाउनुपर्ने विचार ब्यक्त गरे ।

नेकपाको वर्तमान सरकारले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा धेरै काम गरे पनि अझै केहिलाई चित्त नबुझेको भन्दै अब स्थायी समितिको बैठक बोलाएर कसरी अघि बढ्ने भन्ने विषयमा सरकारले कदम चल्नुपर्ने बताए ।

स्थानीय, प्रदेश र संघिय सरकारले मिलेर विकासका कामलाई बित्रता दिइरहेको भन्दै सरकारको आलोचना गर्ने बेला नभएको बताए ।

पूर्वप्रधानमन्त्री खनाल तिहार मनाउन गृह जिल्ला इलाम आएका थिए ।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर