Aamsanchar

डाक्टर निराजनको टिमले गर्यो बीएण्डसीमा यस्तो शल्यक्रिया

Author Image
सोमवार, कार्तिक २६, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले पुन एक ब्यक्तिको छिनेको हात जोड्न सफल भएको छ ।

मोरङको रंगेली–५ घरभएका ३५ वर्षीय प्रविन मण्डलको गत असोज २२ गते सुनसरीको इटहरी स्थित आकाश फुडस् प्रा.लि मा वासिङ् मेशिनमा काम गर्ने क्रममा बायाँ हात मेसिनले छिनाए पछि उपचारका लागि इटहरीका अस्पताल साथै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनले समेत नसक्ने भन्दै बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा रेफर गरेको थियो । 

हात छिनेको ६ घण्टापछि अस्पताल आएका मण्डललाई हाड जोर्नी विशेषज्ञ डाक्टर निराजन पराजुली नेतृत्वको चिकित्सकको टोलिले सफल शल्यक्रिया गर्दै हात जोड्न सफल भएको सोमबार अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै डाक्टर पराजुलीले भने–देब्रे हातको कुइनो छालाले मात्र अडिएको अवस्थामा बिरामी आए, हामीले हातलाई काट्ने भन्दा पनि कसरी जोड्न सकिन्छ भन्ने तर्फ ध्यान दिएर काम ग¥यौं त्यो सफल पनि भयो ।

हात, तथा खुट्टा छिनेका बिरामीको अंग जोड्न सफल भएको यो २० औं केश भन्दै डाक्टर पराजुलीले विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको फाइदा जनताले प्रत्यक्ष रुपमा लिने मौका मिलेको विचार ब्यक्त गरे । डाक्टर पराजुलीले ढिलो गरि अस्पताल ल्याएको भए काट्नुको विकल्प नहुने भन्दै जतिसक्दो छिटो अस्पताल ल्याउनु पर्ने बताए ।

एक महिना १० दिनको उपचारपछि घर र्फकिन लागेका मण्डलले आफु अपाङ्ग हुनबाट जोगिएको भन्दै खुशी ब्यक्त गरे । पत्रकार सम्मेलनमा बोल्दै उनका बुबा गन्धा मण्डलले आफ्नो छोराको सफल उपचार गरिदिएकोमा बीएण्डसी टिचिङ्ग हस्पिटल र डाक्टरको टोलीलाई विशेष धन्यवाद दिए ।

उनले भने– आज म अत्यन्त खुशी छु, मानिसको जीवन पैसासंग तुलना गर्न मिल्दैन मेरो छोरा अपाङ्ग हुनबाट जोगियो यो भन्दा खुशी के हुन्छ र ? उनले पूर्वमा नै सुविधा सम्पन्न अस्पताल भएका कारण धेरै ज्यान जोगाइरहेको भन्दै अस्पताल प्रशासनको बयवहार पनि राम्रो रहेको प्रतिक्रिया दिए ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफुले बिरामीको उपचारमा कुनै कमी आउन नदिन सबैलाई चुस्त राखेको बताए । उनले बीएण्डसीले भित्र्यिाएको अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको कारण नै जटिल रोगहरुको पनि सफल उपचार हुने गरेको बताए । अस्पतालले यसअघि पनि विभिन्न समयमा धेरैको हात, खुट्टा तथा हसियाँ आँखामा गाडिएका लगायतका जटिल शल्यक्रियाहरु सफलता पूर्वक गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर