Aamsanchar

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर सर्वसम्मत

Author Image
मङ्गलवार, पौष १७, २०७५

काठमाडौँ ।

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्वत अनुमोदन गरेको छ ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो ।

समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्वत अनुमोदन भएको जानकारी दिनुभयो ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर