Aamsanchar

सानै उमेरमा नायिक पुजाको सक्रियता

Author Image
आइतवार, पौष २२, २०७५

रोसन भट्टराई / झापा ।

सानै उमेरमा नेपाली फिल्मी क्षेत्रमा नायिकाको रुपमा आफूलाई स्थापित गराउन सफल पुजा दास मुस्कान नेपाली फिल्मी क्षेत्रमा एक उदमाय नायिक हुन् । नेपाली कथानक चलचित्र भिमसेनबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी उनले सानै देखि ठुलो पर्दामा आउने सपना रहेको बताइन् ।

अहिले उनले उनको बालापनको सपनालाई विपनामा सावित गरेकी छिन् । उनले पहिलो चलचित्र नेपाली ‘भिमसेनमा भिमसेनमा नायिकाको साथिको भुमिकामा प्रस्तुत भएकी छिन् । त्यसपछि उनले मैथिली चलचित्र ‘मिशन मधेस’ र यारी दुस्मनीमा नायिकाको रुपमा भुमिका निभाएकी साथै एक वटा म्युजिक भिडियोमा समेत देखा परेकी छिन् ।

श्रीराम शरण दास र चन्द्रकला दासकी कान्छी छोरी उनले ‘यो चलचित्र संगसंगै बलिउड चलचित्रमा पनि खेल्ने प्रस्ताव आएको र त्यसको सम्झौता पनि भइसकेको बताउँदै अब चाडैँनै इन्डिया जाने सोच रहेको जनाइन् ।

उनले एउटा चलचित्रमा खेले वापत पारीश्रमिक एक लाख ७५ हजार देखि २ लाख भारु रुपैँया पाउने भएको बताईन् । आफनो सानै देखिको चलचित्रको ठुलो पर्दामा आउने सपनालाई पुरा गर्न जनकपुरबाट एसएलसी पास गरेर काठमाण्डौँ गएको उनले बताईन् । उनी हाल ब्याचलर पहिलो वर्षमा मार्के्टिङ विषयका विद्यार्थी पनि हुन् ।

परिवार, साथिभाईको साथ सहयोगले गर्दा आज यो स्थानसम्म आउन सफल भएको उनले बताईन् । सबैबाट राम्रो प्रतिक्रिया पाएको पनि बताईन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर