Aamsanchar

‘कुलत’ चलचित्रको छायाङ्कन ९० प्रतिशत सकियो

Author Image
सोमवार, पौष ३०, २०७५

शान्तिनगर ।


चेतनामुलक सामाजिक चलचित्र ‘कुलत’ को ९० प्रतिशत छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

दिलु लिम्बू मुख्य निर्माता रहेको चलचित्र ‘कुलत’ लागूऔषध विरुद्धको चलचित्र हो । युवा–पुस्ता लागूऔषध तर्फ कसरी फस्छन् र त्यसबाट छुटकारा पाउन कस्तो समस्या हुन्छ । र यसले समाजमा कस्तो असर गर्छ भन्ने कथाबस्तु समेटिएको चलचित्रका कथाकार तथा निर्देशक कसम खवासले जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिकाको दर्जनौ पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको उक्त चलचित्र इलामको कन्याम र श्रीअन्तुमा समेत सुटिङ गरिएको छ । निर्देशक खवासका अनुसार चलचित्र प्रदर्शनमा आएपछि आम–दर्शकले लागूऔषध विरुद्ध चेतनामुलक जानकारी प्राप्त गर्नेछन् । २२ लाखको लागतमा बन्ने चलचित्रमा मानवहादुर साँवा, भरत राउत र मोहन लिम्वु सहायक निर्माता छन् ।
फागुन महिना भित्र सुटिङ सक्ने निर्माण पक्षको लक्ष्य छ । सुटिङ सकिने वितिकै काठमाण्डौमा सम्पादन गर्ने र वैसाख–१ गते चलचित्र देशभर प्रदर्शनमा आउने निर्माण पक्षको तयारी छ । पूर्वेली कलाकार संघको दोस्रो प्रस्तुतीको रुपमा बन्दै गरेको चलचित्रमा ज्ञानु श्रेष्ठ, निकी विक, सुगम नेम्वाङ, सुमन राई, मानवहादुर साँवा, सोनिया न्यौपाने र खुशी भूर्तेलको मुख्य भूमिका छ ।
देशभर चलचित्र रिलिज गर्नुअघि विभिन्न संघ–सस्था, निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, क्लवहरुमा च्यारिटी शो गरिने चलचित्रका निर्देशक खवासको भनाई छ । चलचित्रमा अधिकांश नयाँ कलाकार भएपनि सामाजिक चेतनामुलक चलचित्र बनेकाले आम–दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क छ ।

यसअघि खवासले एक लिम्वु चलचित्रको सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले विभिन्न डकुमेन्ट्रीको सफल निर्देशन समेत गरिसकेका छन् । उनले अन्य जातिबाट २०५० सालमा प्रथम पटक लिम्वु भाषाको गीत गाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर