Aamsanchar

राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा

Author Image
बुधवार, माघ २, २०७५

काठमाडौँ,

राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गर्नुभएको थियो । यसैगरी अर्थमन्त्री खतिवडाले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५’ सभासमक्ष पेश गर्नुभएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका तर्फबाट अर्थमन्त्री खतिवडाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ लाई सभासमक्ष पेश गर्नुभएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ लाई सभासमक्ष पेश गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर