Aamsanchar

गोविन्द केसीको अनसन लिँडे ढिपी मात्र–भट्टराई

Author Image
बिहिवार, माघ ३, २०७५

झापा।

नेकपा नेता योगेश भट्टराईले डाक्टर गोविन्द केसीको अनसनलाई लिँडे ढिपी संज्ञा दिएका छन् ।

सांसद समेत रेहेका भट्टराईले बिहिबार झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै डा. केसीको अनसन अब लिँडे ढिपी मात्र भएको टिप्पणी गरे । उनले इलाममा पनि डा केसीको अनसन प्रायोजित रहेको आरोप लगाएका थिए ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले समितिबाट पारित विधेयक डा केसीले नपढी अनसन बस्न थालेको आरोप लगाए । नेता भट्टराईले डा केसी र सरकार बीच भएका सबै सम्झौता समेटिएको दावी गरे ।

उनले केदार भक्त माथेमा आयोग, केसी र सरकारबीच भएका सम्झौता र सरोकारवाला पक्षसँगको छलफल पछि विधेयक पारित भएको बताए । उनले संसदको गरिमा प्रयोग गरेर विधेयक प्रस्तावित गरिएको बताए। उनले अनसन बसेर केसीले आफ्नो छवि बिगार्ने काम गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर