Aamsanchar

भूगोललाई प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव

Author Image
शुक्रवार, माघ ११, २०७५

सुर्खेत,

कर्णाली प्रदेशको विकासका लागि भूगोललाई प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिइएको छ ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया नेतृत्वको टोलीले प्रस्तुत गरेको ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको अवधारणपत्रमा’ प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले सो सुझाव दिनुभएको हो ।

“अब सङ्घीय सरकार र दाता निकायले कर्णालीमैत्री परियोजना बनाउनुपर्छ”, योजनामन्त्री ज्वालाले भन्नुभयो, “प्रदेशले पनि आफ्नो गुरुयोजना निर्माण गर्छ ।” सबै जिल्ला र स्थानीय तहबाट प्रदेश राजधानी जोड्ने सडक निर्माण गरिने उहाँले बताउनुभयो ।

उहाँले ओटासिल गरिएका सडक नै गुणस्तरहीन भएकाले नयाँ प्रविधि अपनाउन पनि सङ्घीय सरकारको टोलीलाई आग्रह गर्नुभयो । कर्णालीमा जनरल र प्राविधिक दुवै क्षेत्रका कर्मचारी अभाव भएकाले तिनको पूर्ति र प्राथमिकता दुवैमा ध्यान दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायलाई योजनामन्त्री ज्वालाले आग्रह गर्नुभएको थियो । भौतिक पूर्वाधार विकासमन्त्री खत्रीले पूर्वाधार विकास र विद्युतीकरण प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

मन्त्री खत्रीले एनआरआरएसले विगतमा कार्य थालनी गरी अधुरो छोडेका सडक समेत निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकारले ‘प्रादेशिक तथा स्थानयि सडक सुधार कार्यक्रम र ‘प्रादेशिक तथा स्थानीय यातायात स्ट्याण्डर्ड’ लाई मुलुकको भूगोल सुहाउँदो र नागरिकको सहज पहुँच हुने खालेका बनाउने सचिव थपलियाको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर