Aamsanchar

जवाफ दिन सरकारलाई निर्देशन

Author Image
सोमवार, माघ १४, २०७५

काठमाडौँ, 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली काँग्रेसका शीर्ष नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालका बारेमा सदनमा काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । काङ्ग्रेसले आफ्ना शीर्ष नेता द्वयका नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो । बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी चिकित्साशास्त्र अध्ययनको अनुमति दिइसकेको अवस्था रहेको बताउँदै आगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्नेछ भन्नुभयो ।

काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आफ्नो पार्टीका सांसदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर