Aamsanchar

विकासका लागि राजनीतिक शुद्धीकरण आवश्यक: डा भट्टराई

Author Image
शुक्रवार, माघ १८, २०७५

तेह्रथुम, 

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नागरिकको अधिकारसहित विकास गर्न राजनीतिक शुद्धीकरण हुनुपर्ने बताउनुभएको छ ।

नयाँ शक्ति पार्टी नेपालले यही माघ १५ गतेदेखि मुलुकभर सञ्चालन गरिरहेकोे ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ कार्यक्रमलाई म्याङलुङमा सम्बोधन गर्दै नेता भट्टराईले जनताको सहभागितासहितको राजनीतिलाई सबै नागरिकको विकासका लागि उपयोग गर्न जोड दिनुभयो ।

डा भट्टराईले नेतृत्वले राजनीतिलाई व्यावसायिक पेशाको रुपमा लिएर विकृतिको विकास गरेको आरोप लगाउँदै, राजनीतिलाई जनताको सेवा गर्ने थलोका रूपमा संस्थागत गर्नुपर्ने बताउनुभयो ।

डा भट्टराईले वर्तमान परिवेशमा डा गोविन्द केसीको शिक्षा र स्वास्थ्यसम्बन्धी जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकामा भने शङ्का व्यक्त गर्नुभयो । विकासले नागरिकलाई विस्थापित गर्न नहुँने बताउँदै यसो भएमा राज्यले उचित मुआब्जासमेत पाउनुपर्नेमा जोड दिँदै विकासलाई नागरिकको सम्पतिको रूपमा लिन सरोकारवालालाई आग्रह गर्नुभयो ।

मेचीकाली अभियानमा नेता भट्टराईको साथमा उहाँकी धर्मपत्नी हिसिला यमी तथा पार्टीका अन्य केन्द्रीय कमिटीका नेता सहभागी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर