Aamsanchar

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनमा दुई जनाको मृत्यु

Author Image
शुक्रवार, माघ १८, २०७५

झापा,

अर्जुनधारा र कमलमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।

अर्जुनधारा नगरपालिका–९ स्थित मगरटोल जाने भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ४२७१ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा चालक अर्जुनधारा–६ का ३७ वर्षीय घनेन्द्र राई र पछाडि सवार उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी मगर गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये लक्ष्मीको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा बिहीबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घाइते घनेन्द्रको सोही हस्पिटलमा उपचार भइरहेको छ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ सीतापुरी चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको को २ त ८५४२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा परी ट्रयाक्टरका सहचालक शिवसताक्षी नगरपालिका–२ का २० वर्षीय सुमन देस्राको मृत्यु भएको छ।

उनको उपचारको क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। ट्रयाक्टर चालक कमल–४ का २२ वर्षीय धापे धिमाल फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)