Aamsanchar

अध्यक्ष दाहालको सचिवालयको ध्यानाकर्षण

Author Image
शनिवार, माघ १९, २०७५

काठमाडौँ, 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमले विषयलाई अतिरञ्जित ढङ्गले तोडमरोड गरी भ्रम सृजना गर्न खोजेको प्रति सचिवालयले आपत्ति प्रकट गर्दै सचिवालयले भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर