Aamsanchar

आर्थिक अनियमीतता गर्ने लिम्बुलाई नेकपाको कारबार्ही

Author Image
शनिवार, माघ १९, २०७५

झापा,

नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका  एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही गरिएको जनाएका छन् ।

आर्थिक अनियमिता गरेको र लामो समय पार्टी सम्पर्क भन्दा बाहिर रहेकोले आशिषलाई कार्वाहीस्वरुप पार्टीबाट निस्कासन गर्नु परेको मेची ब्युरो इन्चार्ज सुमनले विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

साथै आशिष लिम्बूले अनियमितता गरेको रकम उनको जायजेथाबाट असुल गरिने कुरा पनि ब्युरो इन्चार्ज सुमनकाे विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर