Aamsanchar

मोवाइल चलाउने बालबालिकामा ३३% क्यान्सर

Author Image
मङ्गलवार, फागुन १४, २०७५

बिर्तामोड।

अहिले मानिसको दैनिक जीवनसंग जोडिएको मोवाइलका फाइदा जति छन् त्यसको वेफाइदा त्यो भन्दा धेरै हुन्छ भन्दा अपत्यारिलो लाग्न सक्छ ।

तर, मोवाइलको अति तथा अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यका लागि हानी पु¥याउने गरेको एक अध्ययनले देखाएको छ । अव्यवस्थित मोवाइल प्रयोगकै कारण मस्तिष्क क्यान्सर हुने र मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको हो । मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने र भर्खर जन्मिएका बच्चाहरुमा त्यसको असर बढी पर्ने बताइन्छ । बालबालिकाको तालु पातलो हुने हँुदा रेडिएसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई उनीहरुमा मस्तिष्क क्यान्सर हुने गरेको छ ।

एक अध्ययन अनुसार मानिसले मोबाइल फोन कम्तीमा पनि २देखि ७ इञ्च पर राख्नुपर्ने र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा गर्दा त्यसको जोखिम कम हुने बताइएको छ । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियएनहरु मस्तिष्कमा जान पाउँदैन ।
राति सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १.८ मीटर पर राखेको खण्डमा मानिसलाई फाइदा पुग्ने इष्टर्न स्याटलाइटका प्रवन्ध निर्देशक वसन्तप्रकाश जोशीले बताए । उनले भने– ‘मोवाइल फोनबाट निस्कने रेडिएसनले मानव स्वास्थ्यमा नराम्रो असर पार्छ, त्यसबाट बच्न जरुरी छ ।

गर्भवती महिलाका लागि मोवाइल फोन हानिकारक रहेको र पेटमा विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले असर गर्ने उनको भनाइ छ । धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडिएसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगरेको राम्रो हुने बताउँदै उनी भन्छन्– यस्तो अवस्थामा मोवाइललाई फ्लाइट मोडमा राख्नु उपयुक्त हुन्छ ।

पन्ध्र वर्ष भन्दा कम उमेर समूहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिएको राम्रो भन्दै उनले भने– बिकसित मस्तिष्कमा रेडिएसनको धेरै नै नराम्रो प्रभाव पर्छ । जसका कारण क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसो हुनुको पछाडि मोवाइलको अव्यवस्थित प्रयोग नै हो ।

बिर्तामोडस्थित ईष्टन स्याटलाइटले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै जोशीले भने–‘मोवाइल फोनलाई पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस्, यसले तपाईँको प्रजनन् क्षमता घटाउँछ । मोबाइललाई मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पार्छ । यसबाहेक मोवाइल किन्दा क्ब्च् (क्उभअषष्अ ब्दकयचउतष्यल च्बतभ हेर्नुहोस्, जति कम क्ब्च् उतिनै राम्रो हुन्छ ।’ मोवाइल फोनकै कारण ३३ प्रतिशत वालवालिकामा मस्तिष्क क्यान्सर हुने गरेको उनको भनाइ छ ।

दिनप्रतिदिन मोवाइलको प्रयोग बढ्दो भए पनि मोवाइलबाट निस्कने रेडिएसनलाई कम गर्न इष्टन स्याटलाइट चिप्सको प्रयोग गर्नाले त्यसको विकीरणले मानव शरीरलाई हानी नगर्ने उनले बताए । मोवाइलमा यो चिप्स जोडेको खण्डमा मोवाइलबाट निस्कने रेडिएसनलाई व्लक गर्छ र मानव शरीरमा सिँधै प्रभाव पार्न दिँदैन ।

इष्टर्न स्याटलाइटकी सञ्चालक बिना गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत जलकुमार गुरुङले गरेका थिए । कार्यक्रममा पूर्वसांसद डिल्ली सिटौला, सुधिरकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले यो प्रविधि निक्कै लोकप्रिय भएको प्रतिक्रिया दिएका थिए । यसको उचित प्रयोगले स्वस्थ जीवनयापनमा समेत फाइदा पुग्ने उनीहरुले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर