Aamsanchar

गायक बन्ने सपना बोकेका विकास न्यौपानेको दुवै मृगौला फेल, जिवन रक्षाका लागि सबैसँग अपिल

Author Image
आइतवार, फागुन १९, २०७५

झापा।

झापा बुद्धशान्ति–१ का २२ बर्षिय विकास न्यौपानेको दुवै मृगौला खराव भएपछि तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगारका शिलशिलामा २१ महिना अघि मलेशिया गएका उनी त्यहाँ अस्वस्थ भएपछि स्वदेश फर्किएका छन् । वीर अस्पताल, मेरेडियम हस्पिटल, शिक्षण अस्पतालमा उपचारका लागि गएका उनको मृगौला खराव भएको रिर्पोट आएपछि उनी र उनको परिवार यतिवेला चिन्तित बनेको छ ।

आर्थिक अवस्था कमजोर हुँदा आफूहरुसँग छोराको उपचार गर्ने खर्च नभएको भन्दै उनका बुवा पदमबहादुरले सबैसँग सहयोगको अपिल गरेका छन् । यता विरामी विकासले पनि आफू बाँच्न चाहेको र भविश्यमा केहिगर्ने सपना रहेको भन्दै जिवन बचाईदिन सबैसँग अपिल गरेका छन् ।

‘मेरो दुवै मृगौला फेल भएको डाक्टरले बताएपछि ठूलो पीडा खेप्नुपरिरहेको छ, आर्थिक स्थिति कमजोर हुँदा उपचारका लागि त्यति ठूलो रकम आप्mनो परिवारले जुटाउन सम्भवै छैन ।’ विकासले भने ‘ म बाँच्न चाहन्छु ।’ बुवा पदम र आमा वविताका तीन सन्तान मध्ये जेठो छोरो विरामी भएपछि परिवारले आर्थिक स्रोत जुटाइदिन छिमेकी, समाज तथा सहयोगीहरुसँग अपिल गरेको छ ।

यसैविच मृगौला पिडीत विकास न्यौपाने बचाउ अभियान सुरु गरिएको छ । स्थानीय समाजसेवी मुना दाहालको अध्यक्षतामा अभियान समिति गठन गरिएको छ । अभियान समितिले विकास न्यौपानेको जिवन बचाउन आर्थिक सहयोगको अपिल सबैसँग गरेको छ । अभियान समितिले एनआइसी एशिया बैंकको खाता नम्बर ८५८७०२०६९८८५२४०१ म रकम जम्मा गर्न गर्न सबैसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर