Aamsanchar

जंगली हात्तीको आक्रमणबाट खनालको घटनास्थलमै मृत्यु

Author Image
बुधवार, फागुन २९, २०७५

विर्तामोड,

 जंगली हात्तीको आक्रमणबाट कन्काई नगरपालिका सुरुङगाका एक व्यक्तिको मृत्यु भएको छ मंगलबार कनपा-२, जामुनबाडी बस्ने वर्ष ६४ का ओमनाथ खनालको हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय विर्तामोडमा इन्सपेक्टर श्रीप्रसाद राईले जानकारी दिए ।

स्थानीय जामुनबाडी सामुदायिक वनमा घाँस दाउरा लिन गएको बेला खनाललाई दिउसो १ बजे जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट खनालको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

शव पोष्टमार्टमका लागि मंगलबारै मेची अञ्चल अस्पताल भद्रपुर पठाइ सकिएको प्रहरीले जनाएको छ ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर