Aamsanchar

दातृ संस्थालाई सम्मान अञ्जु पन्तलाई चिनो

Author Image
बुधवार, फागुन २९, २०७५

                                                                                                                             सागर गौतम

अर्जुनधारा–३ स्थित भित्रिगाउँमा स्थानीय समुदायलाई सहयोग गर्ने विभिन्न दातृ संस्थाहरुलाई सम्मान गरिएको छ ।

नेपाली मूलका भुटानी शरणार्थी सो क्षेत्रमा रहदा स्थानीय समुदायको विकास क्रममा समेत उल्लेखिय टेवा पु¥याएको भन्दै ४ वटा दातृ संस्थाहरुलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा युएनएचसीआरका प्रतिनिधि निर्मल बास्तोला, एलडब्लुएफका सामाजिक विकास अधिकृत विजय श्याम राज भण्डारी, आम्दाका सिनियर अपरेशन अफिसर दिपक महत, वितिय अफिसर निरज ढुङ्गानालाई कार्यक्रमका प्रमुख अतिथी अर्जुनधारा नगरपालिका नगर प्रमुख हरि कुमार रानाले प्रंशशापत्र प्रदान गरी दोसल्ला ओडाएका थिए ।

भुटानी मूलका शरणार्थी सो क्षेत्रबाट तेस्रो देशमा स्थापित भएको १२ वर्षजति भयो । पछिल्लो दिनमा त्यस क्षेत्रका सामाजिक अगुवा बुद्ध बराइली पुर्नवास भएका शरणार्थी सँग सम्पर्क बढाएसँगै शरणार्थीको संम्झनामा केही गतिविधि बढेँको बताइएको छ ।

भित्रि गाउँ टोल सुधार समितिका अध्यक्ष कला बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख राना, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, जुकेखाडी सामुदायिक वनका उपाध्यक्ष नारायण पोडैल लगायतले शुभकामना मन्तव्य राखेँका थिए ।

अनुपा रम्तेलको स्वागत रहेको कार्यक्रम संचालन सामाजिक अगुवा बुद्ध बराइलीले गरेका थिए ।

यता क्रिश्चियन सागितीक साँझ चर्चित राष्ट्रिय कलाकार अन्जु पन्तको साथमा स्थानीयबासी रमेँ । मंङ्लबार बेलुकी ९ः१५ बजे कार्यक्रम स्थलमा आइपुगेँर सम्बोधन गरेकी पन्तले करिब २० मिनेट जति आफ्नो विगत र वर्तमान सम्मको कुरा सुनाइन । १ घण्टाजति क्रिश्चियन भजन संगीत सहित उनका नेपाली चर्चित गीत सुनाएर भरपुर मनोरञ्जन दिइएकी थिइन । अञ्जु पन्त खुदुनाबारीमा ल्याउने दुई दशक देखिको चाहना साकार भएको सामाजिक अगुवा बराइलीले जानकारी दिए । पन्तको साथमा स्थानीय कलाकारहरुले समेत मनोरञ्जन दिएका थिए । कलाकार पन्तलाई मायाको चिनो आयोजक तर्फको अर्जुनधारा नगरपालिका–३,वडाअध्यक्ष जीवन कुमार भण्डारी र सामुदायिक वन नगर महासंघको तर्फबाट शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी प्रसाद खतिवडाले प्रदान गरेका थिए ।

Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर