Aamsanchar

सामूहिक बलात्कारका तीन दोषीलाई १३ वर्ष कैद

Author Image
शुक्रवार, चैत १, २०७५

सप्तरी,

सामूहिक बलात्कारका तीन दोषीलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा ८ का २८ वर्षीय नवीन दत्त र वडा ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ।

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन्।

आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो।

आरोपितमध्ये कमलकिशोर, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए।

Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर