Aamsanchar

कर्मचारी र जनप्रतिनिधीमा केही फरक देखिदैन, पुराना समस्या ज्युकातिउँ

Author Image
शनिवार, चैत २, २०७५

झापाको बिर्तामोड स्थित बुट्टाबारीमा रहेको सडक किनारको क्रसर उद्योग ।

रविन भट्टराई : बिर्तामोड

प्रचलित उद्योग ऐन निर्देशिकाले खोलाको किनार र राजमार्गबाट ५ सय मिटर टाढा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइने प्रस्ट उल्लेख गरेको छ । तर, पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा सडक किनारमानै कञ्चनजंघा क्रसर उद्योग निर्वाध सञ्चालन हुँदा समेत नियमक निकाय मौन रहेका छन् ।

सडक सँगै क्रसर उद्योग सञ्चालनमा रहेको छ, भने रेखा खोलाको किनारनै पुरेर उद्योगले ढुङ्गा, गिटी र बालुवा थुपारेको छ । जसको कारण खोलामा हिलो मिसिएको पानी बग्दा क्रसर दक्षिणका स्थानिय खोलाको पानी प्रयोग गर्न सक्दैनन् । सो खोलामा स्थानिय राजबंशी र लिम्बु जातिले बिषेश समयमा पुजा गर्ने गरेका थिए भने यहाँको पानी गाईभैसीलाई खुवाउन र आफैले खान समेत प्रयोग गर्दै आएका थिए । तर, क्रसरबाट निस्किएको हिलो र धुलो सिदै खोलामा मिसाइदिदा क्रसर दक्षिणको भागको खोलामा हिलो र लेदो बग्ने गरेको स्थानिय राजु यक्पाङ्देन (सुब्बा) ले बताए । ‘पहिले हामिले मृत्यूसंस्कार खोलाको किनारमा गर्दै आएका थियौ, स्थानिय राजबंशी जातिले त पुजानै गर्ने खोला हो, अहिले खोला क्रसरबाट निस्किएको हिलो र लेदोले भरिएको छ । सुब्बाले भने ।

खोलामा हिलो जम्दा केहि दिन अघि खेल्दै सो स्थानमा पुगेका स्थानिय दुई बालबालिका हिलोमानै भासिएको अवस्थामा स्थानियले उद्धार गरेका थिए । करिब १५ वर्ष अघि देखि यो स्थानमा क्रसर सञ्चालनमा रहेको छ । केदार गिरीको नाममा रहेको सो क्रसर मापदण्ड पुरा नगरेको भन्दै सरकारले अनुमतिपत्र नवीकरण रोके पनि उद्योग भने निर्बाध रुपमा सञ्चालन भईरहेको छ ।
उद्योगबाट उत्पादन भएका ढुङ्गा, गिटी र बालुवा बोकेर निस्कने टिपरले पुर्व–पश्चिम राजमार्गनै अबरुद्ध गर्दा समेत अनुगमन गरी कारबाहि गर्ने जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति झापाले हाल सम्म सो क्रसर उद्योगको अनुगमन समेत नगरेको पाईएको छ ।


अनुगमन समितिका संयोजक समेत रहेको जिल्ला समन्वय समितिका झापाका प्रमुख सोमनाथ पोर्तेलले सो क्रसर मापदण्ड बिपरित रहेको भन्ने आफुले पनि जानकारी पाएकाले केहि दिनमानै अनुगमन गर्ने अन्नपुर्णलाई बताए । ‘सो क्रसरले सडकनै मिचेर ढुङ्गा, गिटी र बालुवा थुपारेको मैले पनि देखेको छु, प्रमुख जिल्ला अधिकारी काममा व्यस्त भएकाले अनुगमन गर्न पाएको छैन, केहि दिनमानै अनुगमन गर्नेछौ ।’ पोर्तेलले भने ।
क्रसर नियम बिपरित सञ्चालनमा रहेको र क्रसरले आसपासका नागरिकलाई नकरात्मक असर पु¥याएको भन्दै स्थानियले वडाकार्यालय, नगरपालिका र जिल्ला समन्वय समितिमा समेत उजुरी दिएका छन् । वडा कार्यालयले एक पटक छलफल बोलाए पनि समाधान नभएको स्थानिय प्रेमा भट्टराईले बताईन् । प्रचलित उद्योग ऐन निर्देशिकाले खोलाको किनारभन्दा ५ सय मिटर टाढा, हाइटेन्सन लाइनभन्दा सय मिटर बाहिर, राजमार्गबाट ५ सय मिटर टाढा, शिक्षण संस्था, सुरक्षा निकायलगायतका क्षेत्रबाट २ किलोमिटर बाहिर मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ ।

क्रसरको असर नागरिकको स्वास्थ्यमा
पहिले सानो क्षेत्रफलमा रहेको सो क्रसर उद्योगले पुर्वपश्चिम राजमार्ग दक्षिण तर्फ क्रमश आफ्नो क्षेत्रफल बढाउँदै नजिकै रहेको बस्ती सम्म पु¥याएको छ । जसको कारण क्रसर देखि ५० मिटर नजिकै रहेको बस्तीमा यसको सोझो असर परेको स्थानिय बताउँछन् ।
क्रसर सञ्चालन भएको समय निस्कने आवाजले बालबालिका र बृद्धबृद्धामा कानको समस्या देखिएको र घरभन्दा अग्लो हुनेगरी थुपारिएको बालुवा, गिटी र धुलो उडेर बस्तीका घर पुरै धुलाम्मे हुनेगरेको स्थानिय ध्रुब ओलिले बताए ।

धुलोका कारण सो क्षेत्रका नागरिकमा आँखा र स्वासप्रस्वासको समस्या बढेको उनको भनाई छ । ‘हावा चलेको र उद्योग सञ्चालन भएको समयमा घर बाहिर बस्नै सकिदैन, घरभन्दा अग्ला धुलोको थुप्रो र बालुवाको थुप्रो राखिएको छ सिदै उडेर बस्तीमा आउँछ, बालबालिका र बृद्धबृद्धामा स्वासप्रस्वास र आँखा चिलाउने समस्या बढि देखिएको छ ।’ ओलीले भने । आफुहरुले क्रसर सञ्चालकलाई समस्याका विषयमा बारमबार जानकारी गराएर क्रसरको आवाज र धुलोलाई रोक्न आग्रह गर्दा समेत अटेर गरेको पिडित स्थानिय टिका खनालले बताए । ‘उद्योग सञ्चालक केदार गिरीलाईनै भेटेर ध्वनी र धुलो नियन्त्रण गर्न साथै खोलामा हिलो र धुलो नहाल्न धेरै आग्रह गरेको हो, तर उनले सुने नसुनेकै गर्छन, सम्बन्धित निकाय पनि मौन छ ।’ खनालले गुनासो गरे ।

क्रसरका कारण प्रभाबित नजिकैको बस्ती ।

क्रसरबाट प्रभावित स्थानिय २ सय ७ घरले क्रसरले नागरिकको स्वास्थ्य र वातावरणमा असर गरेकाले बन्द गराउनका लागि क्रसर रहेको बिर्तामोड नगरपालिका ६ नंबर वडा, नगरपालिका र जिल्ला समन्वय समितिमा निबेदन दिदा समेत हाल सम्म गुनासोको सुनुवाई नभएको प्रभाबित क्षेत्रका नागरिकले बताए । यता क्रसर सञ्चालक केदार गिरी भने आफुले ठुलो लगानीमा क्रसर सञ्चालन गरेको र भन्नसाथ हट्न नमिल्ने बताउँछन् । ‘पहिले देखी सञ्चालन गरेको हुँ, स्थानियलाई समस्या परेको विषयमा म पनि गम्भिर छु, समाधानको प्रयास म पनि खोज्छु ।’ उनले भने ।

Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर