बिर्तामोड ।


नेपाल वित्तिय संस्था कर्मचारी संघ एक्सल डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा पुनः गोपाल लोहनी चयन हुनभएको छ ।
संघको बिर्तामोडमा सम्पन्न दोस्रो महाधिवेशनबाट लोहनी पुनः अध्यक्षमा चयन हुनुभएको हो । संघको वरिष्ठ उपाध्यक्षमा भागवता ढुङ्गाना उपाध्यषमा नवीन संग्रौला र यामनाथ पौडेल रहनुभएको छ ।

महासचिवमा राजशंकर झा सचिवमा सरोज खतिवडा र कोषाध्यक्षमा गजेन्द्र ढकाल चयन हुन भएको छ । संघको सदस्यमा निशा ओली, भागवता अधिकारी, राजन ढकाल र सुरज ओझा चयन हुनभएको छ ।
नेपाल टे«ड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जनार्दन सिम्खडाले गर्नुभएको थियो ।
कार्यक्रममा एक्सल डेभलपमेन्ट वैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र नेपाल वित्तिय संस्था कर्मचारी संघ झापाका अध्यक्ष भवानी प्रसाई लगायतले वोल्नुभएको थियो । कार्यक्रमको संचालन राजशंकर झाले गर्नुभएको थियो

