Aamsanchar

पत्रकार महासंघ झापामा लगाइएको ताला एक महिनापछि खुल्यो

Author Image
आइतवार, चैत ३, २०७५

बिर्तामोड,

नेपाल पत्रकार महासंघ झापा शाखामा लगेको तालावन्दी एक महिनापछि खुलेको छ । महासंघका सदस्यको नवीकरण पूर्ववत ढंगले नै गर्ने सहमतिसंगै महासंघमा लागेको तालावन्दी खुलेको नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ झापा शाखाको सदस्यता नवीकरणका विषयमा कार्यसमितिको निर्णय प्रति असहमति जनाउँदै माघ २९ गते महासंघको कार्यालयमा तालाबन्दी भएको थियो । कार्य समितिको निर्णयप्रति असहमति जनाउँदै नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र वुझाएलगत्तै प्रेस चौतारी नेपाल झापा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले संयुक्त रुपमा महासंघमा तालावन्दी गरेका थिए ।

आज सम्पन्न वार्तामा महासंघका सदस्यको नवीकरण पूर्ववत ढंगले नै गर्ने र आगामी दिनमा विधान, केन्द्र तथा प्रदेश समितिको नीति दिर्नेशन अनुरुप सदस्यता नवीकरण गर्दै जाने सहमति भएको छ । महासंघ झापाको स्थगित साधारण सभा आगामी चैत मसान्त भित्र गर्ने सहमति भएको बताइएको छ । आगामी दिनमा कुनै असहमति भए वार्ता र सम्वादका माध्यमबाटै समस्या समाधान गर्ने निर्णय भएको छ ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर