बिर्तामोड ।

आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी झापा बुद्धशान्ति ४ की मृगौला पिढित नुमा बस्नेतको उपचारका लागि कनकाई कलेज स्वतन्त्र विद्यार्थी युनियनले नगद ११ हजार ३० रुपैंया प्रदान गरेको छ ।

दुवै मृगौला खराब भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसकिरहेको अवस्थमा विद्यार्थीहरुको संस्थाले गरेको यो सहयोगले आफूँहरुलाई धेरै राहत मिलेको नुमाका बुबा इन्द्रध्वज लिम्बुले बताए । कनकाइ कलेज स्ववियु सभापति सन्जय राई र सचिव मिलन चापागाईको नेतृत्वको टोलीले कलेजका विद्यार्थीहरुबाट उठाएको रकम परिवारलाई हस्तान्तरण गरिएको थियो ।
स्थानीय मुनामदन एकाडेमीमा कक्षा ९ मा अध्ययनरत नुमा बिरामी भएपछि विद्यालय समेत जान सकेकी छैनन् । धेरै पढेर डक्टर भई आफूँहरु जस्तै विरामीहरुको निशुल्क उपचार गरिदिने लक्ष्य रहेको छ । निन्याउरो स्वर पार्दै नुमाले भनिन् ‘मेरो जिन्दगी तपाईहरुकै हातमा छ मलाइ बचाउनुहोस’ ।

नुमाको मृर्गौला प्रत्यारोपण गर्न करिब ७० लाख लाग्ने समेरो अस्पताल ललितपुरले बताएको छ ।

