भोजपुर,

नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो ।

मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताउनुभयो । निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो ।
भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ ।

Views: 236

