मोरङ,

कांग्रेस सभापति शेरबहादुर देउवाले केही जिल्ला सभापति असन्तुष्ट हुँदैमा आफूहरूलाई केही फरक नपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बिहिबार संचारकर्मीहरुसंग कुरा गर्दै उनले केही जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउँछु भन्दैमा केही फरक नपर्ने बताएका हुन्।
पार्टीले कुनै हालतमा विशेष महाधिवेशन नबोलाउने बताउँदै उनले जिल्ला सभापतिहरूले बोलाए आफू फेस गर्न तयार रहेको बताए। उनले बाहिर हल्ला भएजति सभापतिहरू विशेष महाधिवेशन बोलाउने पक्षमा नभएको बताउँदै उनले महाधिवेशन आउन लागेकाले आफ्नो विरोध चर्किनु स्वाभाविक भएको बताए।
संवैधानिक निकायको नियुक्तिमा सत्तापक्षले एकलौटी गरेको आरोप लगाउँदै उनले यसको विरोधमा कांग्रेस आन्दोलनमा जाने बताए। संवैधानिक परिषदमा आफूले उपस्थित हुन नसक्ने पत्र पठाएको भए पनि सोही दिन बैठक बसेर संवैधानिक निकायमा नियुक्ति दिएको बताए।

सभापति देउवा नेपाल टेलिकम वर्कर्स युनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आएका हुन्।



