Aamsanchar

घरमा ट्वाइलेट नहुँदा पिडा ‘ट्वाइलेट एक दुःखद् कथा ’

Author Image
बुधवार, चैत २७, २०७५

झापा,

आदिवासी समुदायमा ट्वाइलेट नहुनुको पिडालाई कथामा चित्रण गरी छायाङ्कन गरिएको सचेतना मुलक म्युजिक भिडियो बजारमा आउने भएको छ ।

सचेतना मुलक रुपमा प्रस्तुती गर्न खोजीएको सो भिडियो बजारमा आउन लागेको हो । ‘ट्वाइलेट एक दुःखद कथा’नाम दिएको सो भिडियोमा घर घरमा शौचालय नहुँदाको पिडा म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

मेचीनगर नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रस्तुतीको रुपमा ल्याइएको म्युजिक भिडियो पूर्ण रुपमा सचेतना मुलक रहेको छ ।

गायक श्रीकृष्ण लुईंटेल‘बोकेदारी’को आवाज तथा निर्देशनमा बन्न लागेको सो भिडियोमा घरमा शौचालय नहुँदा पारिवारीक रुपमा हुने झगडा,बिछोड,पश्चताप साथै यसै बिषयमा एक युटुवरको कारण कसैको ज्यान गएको कथा समेत प्रस्तुत गर्न खोजिएको छ ।
युटुव मार्फत सावर्जनीक गरिने भिडियोले घर घरमा शौचालय बनाउ भन्ने सन्देश दिएको छ ।

भिडियोमा मूख्य कलाकारको रुपमा संचारकर्मी खगेन्द्र घिमिरे,पुस्कर गुरागाई,मेरी राई,पुजा क्षेत्री अधिकारी,दुर्गा गिरी ,एलिसा बुढाथोकी ,बिष्णु गिरी,कृष्ण सुवेदी लगायतको भुमिका रहेको छ । सुवाष लिम्बुको छायाङ्कन तथा सम्पादन रहेको भिडियो झापाका बिभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 406

प्रतिक्रिया (०)