Aamsanchar

गायिका नेहा कक्कडको काठमाडौंमा पहिलो लाईभ कन्सर्ट

Author Image
मङ्गलवार, जेठ ७, २०७६

काठमाडौं.

भारतीय ख्यातीप्राप्त गायिका नेहा कक्कडको पहिलोपटक काठमाडौंमा लाईभ कन्सर्ट हुने भएको छ। पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंको लर्ड अफ दि डिङ्क्स (एलओडी)मा जेठ २५ गते हुने विशेष शोमा उनले प्रस्तुती दिने भएकी हुन् ।
आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार कक्कड़को लाइभ जेठ २५ गते शनिवार राती ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।
पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेहा र इन्डियन आइडलका टप टेनलाई नेपाल ल्याउन लागेको पारामाउण्ट इन्टरटेन्मेन्टका संचालक ढुंगेलले बताए ।
नेहाले ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी)मा प्रस्तुती दिन आपूm नेपाल आउन लागेको भन्दै युटुवमार्फत जानकारी समेत गराएकी छन् । उनको नेपाल आगामनलाई तयारी गरिरहेको अर्का संचालक दिपक घिमिरे बताउँछन् । २५ सय दर्शक क्षमता रहेको एलओडी अत्याधुनिक प्रविधियुक्त रहेको एलओडीका सदस्य समेत रहेका ढुंगेलले भने ।

पछिल्लो समय नेहाको आँख मारे, काला चस्मा, लन्डन ठुमकरा, दिलबरलगायतका गीतहरु नेपालमा पनि उत्तिकै लोकप्रिय भएका छन् । इन्डियन आइडल सिजन–२ मा प्रतिस्पर्धा गरेकी नेहाले इन्डियन आइडलको १० औं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । उनले जि टिभिको सारेगमपा लिटिल च्याम्पसमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी छन् । २००८ मा उनले नेहा दि रक स्टार नामक पहिलो एल्बम निकालेकि थिइन् । दर्जनौ हिट गित गायकी नेहाले काठमाडौंमा दर्जन बढि गित गाउने संचालक ढुंगेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर