Aamsanchar

झापामा डिजे लिनाटाले धमाका मच्चाउने

Author Image
सोमवार, जेठ २०, २०७६

 

झापा, जेठ २१ । येक्तेन मुभी प्रा.ली.को आयोजनामा झापाको बिर्तामोड र दमकमा डिजे वेट्फेस्ट २०१९ सिन–२ हुने भएको छ ।

बिर्तामोडको हब्बी स्वीमिङ् पुलमा हुने कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान, अर्पना त्यस्तै ¥यापरहरु सरकार र दंगाली बोइको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रम दमकको कनकाई पार्टी प्यालेसमा जेठ २५ र बिर्तामोडमा जेठ २७ गते दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम संयोजक गोपाल येक्तेनले जानकारी दिए ।

कार्यक्रमको मिडिया पाट्नरमा आमसञ्चार डट कम, पूर्वाञ्चल दैनिक, सेल्फी टिभी र सजिलो खबर रहेका छन् भने कार्यक्रमको सहयोगी संस्थामा पूर्वेली युवा क्लव बिर्तामोड  सिङ्गापुरे बेभरेज नेपाल, बिर्ता मिडिया, केटीएम जिन्स्, वेभ फेसन वेर, हिल्स् एण्ड टोस्, मिकफुङ कलेक्सन र इसुजी, स्वस्तिका ओभरसिज, सेभेन स्टार सेकुरेटी सर्भिस रहने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर