Aamsanchar

बिर्तामोडमा गलबन्दीे दोहोरी नाईट

Author Image
बिहिवार, असार ५, २०७६

बिर्तामोड ।

दोहोरी देशकै सांस्कृति भएकाले त्यसलाई संरक्षण गर्ने उदेश्यले शिखर बजारको तेस्रो वार्षिक उत्सवको अवसरमा बिर्तामोडमा दोहोरी नाईट कार्यक्रम हुने भएको छ ।

उपभोक्तालाई गुणस्तरीय सामाग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएको बजारले असार २८ गते बिर्तामोडमा हालसालै चर्चामा रहेको दोहोरी गीत ‘गलबन्दी च्यातियो’ का गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियार मार्फत दोहोरी नाईट कार्यक्रम आयोजना गरेको हो ।

बजारले विहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो अवसरमा बिर्तामोडका ३ जना उद्योगीलाई समेत सम्मान गर्ने जनाएको छ ।

‘ कपलका लागि २ हजार ५ सय र सिंगलका लागि एकहजारका टिकट रहने छ’ बजार सञ्चालक दिपेन्द्र राउतले भने ‘ शिखर बजारमा २ हजार ५ सयको सामाग्री खरिद गर्दा एउटा टिकट उपलब्ध गराइने छ ।’ उनले बजारको उद्घाटनका अवसरमा चर्चीत गायक प्रमोद खरेलको एकल साँझ गरेको जानकारी दिए ।

बजारले मिस नेपाल सुगारिका केसी, सञ्चारकर्मी राधाकृष्ण धिताललगायतलाई उपभोक्ता माझ उपस्थित गराएको सञ्चालक राउतले बताए । त्यसैगरी वाढी पीडित र दैवी प्रकोपबाट प्रभावितलाई खाद्यन्न सहोग गरेको उनले सुनाए । २०७३ सालमा स्थापना भएको बजारले बिर्तामोडमा शाखा स्थापना समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर