Aamsanchar

आदित्य नारायण झा पोखरामा पछि काठमाडौं आउदै

Author Image
शुक्रवार, असार २०, २०७६

गीत संगित मनपराउने धेरै हिन्दी र नेपाली भाषीहरुको मनमा बस्न सफल गायक उदित नारायण झाका छोरा पछिल्लो समय एता युवाहरुको रोजाईमा पर्न सफल आदित्य नारायण झा आफ्नो प्रस्तुती दिन नेपाल आउने भएका छन् । केही वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमीमाझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन ।

’आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ’कुसुमे रुमाल २’ मार्फत पाश्व गायकको रुपमा डेब्यु गरेका थिए । ‘रंगीला’ चलचित्रबाट अभिनय सुरु गरेका आदित्यले ‘परदेश’ र ‘जब प्यार किसिसे होता है’ मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् ।

क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ । आदित्यले पनि आफु नेपाल आउन लागेकोमा खुसि व्यक्त गरेका छन् । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ हेर्ने गरिन्छ भने युवापुस्तामाझ उनको क्रेज राम्रो छ ।

आदित्यलाई डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ । आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू, आशिर्वादको पानि घट्ट, रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् । भने, उनले धेरै कभर गीत गाएका छन् । बलिउडमा प्राय पार्श्व गायकको गीत गाउँन सक्ने मानिने आदित्यले केहि दिनमै भिडियो सन्देश मार्फत सम्बोधन गर्ने समेत आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर